$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सीमापार अपराधदेखि सामाजिक सुरक्षासम्म : सई सुभाष यादवको कार्यसम्पादन प्रभावशाली

580


सीमापार अपराध नियन्त्रणतर्फ सई सुभाष यादवको भूमिका विशेष रूपमा प्रभावकारी देखिएको छ। भारतीय सुरक्षाकर्मीहरूसँगको समन्वयमा २८ जना बालिकाको सफल उद्धार गरी अभिभावकको जिम्मा लगाइनु उनको संवेदनशील र जिम्मेवार नेतृत्वको उदाहरण हो। भारतको बिहारस्थित सोनबरसा थानासँगको सहकार्यमा २०८१/११/२७ गते नक्कली रु. १,००० दरका १७६ थान नोटसहित पाँच जनालाई पक्राउ गर्नु पनि उल्लेखनीय उपलब्धि हो।

त्यसैगरी, भारतको बिहार राज्यको बसतपुरमा बन्धक बनाइएकी १८ वर्षीया शेख जयनसलाई सूचना प्राप्त भएको चार घण्टाभित्र सकुशल उद्धार गर्नु सई यादवको छरितो कार्यशैली र तत्काल निर्णय क्षमताको प्रमाण बनेको छ। घाँटी काटी हत्या गरी फरार रहेका एक भारतीय नागरिक तथा सर्लाही हरिपुर्वाका शिक्षक रामपुकार यादव हत्या प्रकरणका मुख्य फरार अभियुक्त पक्राउमा पनि उनले भारतीय प्रहरीसँग प्रभावकारी समन्वय गरेका थिए।

लागूऔषध र अवैध हतियारविरुद्ध कडा अभियान

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २०८१/०७/०९ मा १० केजी गाँजासहित दुई जनालाई पक्राउ गरिएको थियो। २०८१/११/०५ मा Winrex १०० एमएल लागूऔषध बिक्री–वितरणमा संलग्न श्रीमान–श्रीमतीलाई नियन्त्रणमा लिइयो। यस्तै, २०८२/१२/२० गते घरमै पुडिया बनाएर बिक्री गरिरहेको अवस्थामा १६ केजी गाँजासहित बागमती नगरपालिका–१२ का एक व्यक्तिलाई पक्राउ गरिएको थियो।

२०८१/०७/२० मा घरेलु नकटुवा पेस्तोल, १० राउन्ड गोली र नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ पर्नु सई यादवको साहसी, सतर्क र पेशागत प्रहरी अभ्यासको अर्को उदाहरण हो।

फरार प्रतिवादी पक्राउ र फैसला कार्यान्वयन

हिंसात्मक तथा जघन्य अपराधमा संलग्न व्यक्तिहरू—१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, श्रीमतीमाथि हसियाले प्रहार, छोरीमाथि डाबियाले आक्रमण, अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याइएको छ। साथै, विभिन्न मुद्दामा फरार रहेका १८२ जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्नु उनको कार्यकालको अर्को महत्वपूर्ण उपलब्धि हो।

तस्करी नियन्त्रण र आर्थिक अपराधविरुद्ध कडा कदम

उनको सक्रियतामा अन्दाजी रु. ६ करोड ४५ लाख ४४ हजार ६४५ बराबरको कबाड, लसुन, इलेक्ट्रोनिक्स, हार्डवेयर पार्ट्स, रबर, सुपारी, औषधि, कपडा तथा मेसिनसहित १५ वटा ट्रक बरामद गरी पथलैया भन्सार कार्यालय पठाइएको थियो। परालको भुसमा लुकाइ ल्याइएको ८२० केजी काजु (अन्दाजी मूल्य रु. १२ लाख ३० हजार) तथा करिब रु. २५ लाख मूल्यको ट्रकसहित चालकलाई नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाइएको थियो।

जनमैत्री प्रहरी र सामुदायिक सुरक्षा

सामुदायिक सुरक्षातर्फ, सवारी दुर्घटनापछि फरार भएको कार वर्षौँपछि फेला पार्नु, कृषि प्रयोजनका ट्रान्सफर्मर फुटाएर तामाको तार चोरी गर्ने संगठित गिरोह पक्राउ गर्नु, पूर्व–पश्चिम राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु उनका उल्लेखनीय कार्यहरूमा पर्दछन्। साथै, दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा बाढी–पहिरोको समयमा जनचेतना फैलाउने कार्यमा पनि उनको सक्रियता देखिएको छ।

महिला सेलमा कार्यरत रहँदा घरेलु हिंसा, हराएका बालबालिका तथा ठाडो उजुरीका घटनामा लैंगिक संवेदनशीलता अपनाउँदै १०० प्रतिशत सम्झौतामुखी समाधान निकाल्नु उनको जनमैत्री प्रहरी अभ्यासको सशक्त प्रमाण हो।

सई सुभाष यादवको कार्यकालमा देखिएको परिणाममुखी नेतृत्व, जोखिम मोलेर गरिएको अनुसन्धान, सीमापार समन्वय र समुदायसँगको सहकार्यले कर्मैया क्षेत्रलाई तुलनात्मक रूपमा सुरक्षित बनाउँदै लगेको स्थानीयवासीको भनाइ छ। उनका कार्यहरूले नेपाल प्रहरीभित्र काबिल, इमानदार र जनउत्तरदायी प्रहरी अधिकृतको स्पष्ट उदाहरण प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,538,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,622,विचार,35,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,606,स्थानीय समाचार,309,स्वास्थ्य,44,हाइलाइट,161,
ltr
item
ekrantikhabar: सीमापार अपराधदेखि सामाजिक सुरक्षासम्म : सई सुभाष यादवको कार्यसम्पादन प्रभावशाली
सीमापार अपराधदेखि सामाजिक सुरक्षासम्म : सई सुभाष यादवको कार्यसम्पादन प्रभावशाली
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj804vLiRzwGBQQQxnG0Ea35rsBajYsgyeefwQQkn1o6cEpxFjrqlTa6Wogav_cFOFNHTXAuZuAM3IWxFh6XdKIvtZFAWhnCGTBEXr0Ie0niVqaBEevh-P2x88ba-RYSbp4Xt-d-tNXx2_5_Ws7WMuvrDa3-qdvkMg62ddtqKXEPyVYwR9l-Ispkg7Pw1ZJ/s320/1000078258.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj804vLiRzwGBQQQxnG0Ea35rsBajYsgyeefwQQkn1o6cEpxFjrqlTa6Wogav_cFOFNHTXAuZuAM3IWxFh6XdKIvtZFAWhnCGTBEXr0Ie0niVqaBEevh-P2x88ba-RYSbp4Xt-d-tNXx2_5_Ws7WMuvrDa3-qdvkMg62ddtqKXEPyVYwR9l-Ispkg7Pw1ZJ/s72-c/1000078258.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/01/blog-post_39.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/01/blog-post_39.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content