पर्सा- सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया आएको छ।
यस विषयलाई लिएर नेकपा एमालेका केन्द्रीय कमिटी सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन। बस्नेतले अदालतको आदेशले धेरै कुरा प्रमाणित भएको दाबी गर्दै नैतिकता र सुशासनको ठूलो भाषण दिनेहरू उम्मेदवारी मनोनयनकै दिन सहकारी ठगी प्रकरणमा धरौटी बुझाउन बाध्य हुनु गम्भीर बिडम्बना भएको उल्लेख गरेका छन।
उनले आफ्नो टिप्पणीमा “ठगी र अपराधको आरोपले पछ्याएको यस्तो दुर्भाग्यपूर्ण नियतिले देश हाक्ने, व्यवस्था बदल्ने र नैतिकताको पाठ पढाउने दाबीहरूको अर्थ नै के रह्यो ?” भन्दै प्रश्न उठाएका छन।
बस्नेतको टिप्पणीपछि सामाजिक सञ्जाल र राजनीतिक क्षेत्रमा चर्को बहस सुरु भएको छ। समर्थक र आलोचकहरूबीच धारणा विभाजित भइरहँदा सहकारी ठगी प्रकरण र अदालतको आदेशले आगामी राजनीतिक घटनाक्रममा प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया