उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, कुम्हालटोल र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवालको उपस्थिति रहेको थियो। कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
त्यसैगरी कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, सल्लाहकार मार्टिन मोक्तान, आजीवन सदस्य अभिलाष गुप्ता, टोल सुधार समाज कुम्हालटोलका अध्यक्ष नन्दलाल राउत अहिर, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, वडा नम्बर ५ का वडा सदस्य मनोज साह, सन्जु दाहाल,सुशील बर्णबाल,रामु रायमाझीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा मुनलाईट स्कुलका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थी तथा स्थानीय नागरिकहरूले समाजमा बढ्दो ट्राफिक समस्या, लागूऔषध दुव्र्यसन, सार्वजनिक सुरक्षा तथा समुदाय–प्रहरी सहकार्य सम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए। सहभागीहरूले उठाएका प्रश्नहरूको प्रहरी अधिकारीहरूले स्पष्ट र व्यवहारिक जवाफ दिएका थिए।
कार्यक्रमका वक्ताहरूले समुदायको सक्रिय सहभागिता बिना समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्भव नहुने उल्लेख गर्दै नागरिक र प्रहरीबीचको विश्वास तथा सहकार्य अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।मुनलाईट स्कुलका संस्थापक श्याम केसीले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया