Menu

आजको मौसम

पाण्डेको एमाले प्रवेशको खबर केवल भ्रमक हो, सत्य होइन,ओली द्वारा पाण्डे सम्मानित

Author
Bhagwan kurmi |
January 18, 2026
Featured


पर्सा-
युवा उद्यमी रूपेश कुमार पाण्डे नेकपा एमालेमा प्रवेश गरेको भन्ने प्रचार पूर्णतः भ्रामक र तथ्यहीन भएको स्पष्ट भएको छ। पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत फैलाइएको उक्त हल्लामा कुनै सत्यता नरहेको स्वयं घटनाक्रमले पुष्टि गरेको छ।

रूपेश कुमार पाण्डे कुनै राजनीतिक स्वार्थ वा दलगत गतिविधिका कारण होइन, आफ्नो निरन्तर मेहनत, लगनशीलता र उद्यमशील सोचका कारण युवा पुस्तामाझ प्रेरणाको केन्द्र बनेका व्यक्तित्व हुन। उहाँको यही योगदानको कदर गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार औपचारिक रूपमा सम्मान गर्नुभएको हो। यो कार्यक्रम सम्मानका लागि मात्र सीमित रहेको र पार्टी प्रवेशसँग यसको कुनै सम्बन्ध नरहेको स्पष्ट गरिएको छ।

उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा लगायत पार्टीका अन्य नेताहरूको उपस्थिति थियो। तर सम्मानलाई जबर्जस्ती ‘पार्टी प्रवेश’ को रूपमा प्रचार गर्नु नियोजित भ्रम सिर्जना गर्ने प्रयास भएको देखिएको छ। 

सम्मान र पार्टी प्रवेशलाई एउटै बनाएर प्रचार गर्नु, तथ्यलाई तोडमोड गर्नु र एक उद्यमीको सामाजिक प्रतिष्ठामाथि आक्रमण गर्नु नैतिक रूपमा आपत्तिजनक तथा गैरजिम्मेवार राजनीतिक प्रवृत्ति भएको बुझिन्छ । राजनीति जनताको विश्वासमा आधारित हुनुपर्ने हो, अफवाह, भ्रम र चरित्र हत्या माथि होइन।

यस बिषयमा रूपेश कुमार पाण्डेले पनि आफु नेकपा एमालेमा प्रवेश नगरेको स्पष्ट पारेका छन। उनले यस किसिमका भ्रामक प्रचार प्रसार गरेर कसैको चरित्र हत्या नगर्न आग्रह समेत गरेका हुन।

यता सो कार्यक्रममा सहभागी रहेका एमाले नेता प्रभु हजराले सामाजिक सञ्जाल मार्फत रूपेश कुमार पाण्डे नेकपा एमालेमा प्रवेश गरेको खबर भ्रमपुर्ण रहेको बताएका छन। 


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3