Menu

आजको मौसम

मधेसमा राजनीतिक भुइँचालो, ओलीको पुनः उदय, पर्साबाट जसपाको किल्ला ढल्यो, पुर्व मन्त्री यादव एमाले प्रवेश

Author
Bhagwan kurmi |
January 19, 2026
Featured


पर्सा- 
मधेस केन्द्रित राजनीतिमा निर्णायक मोड देखाउँदै पूर्व मन्त्री प्रदीप यादवसहित जनता समाजवादी पार्टी (जसपा) र जनता समाजवादी पार्टी नेपालका दर्जनौँ प्रभावशाली नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

भक्तपुरको गुण्डुस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार राति आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।


एमाले प्रवेश गर्ने प्रमुख व्यक्तिहरूमा जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका पूर्व मन्त्री प्रदीप यादव, जसपाका महासचिव तथा पूर्व सांसद इस्तियाक राई, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय) रहेका छन्।


त्यसैगरी जसपाका केन्द्रीय सदस्य पुरुषोत्तमलाल झा, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक मोहम्मद अन्सारी, वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्षहरू अजय चौरसिया (वडा नं. ११), महबुब इलाही (वडा नं. १४), रमेश यादव (वडा नं. १५), राधाकृष्ण रौनियार (वडा नं. २३), मनोज यादव (वडा नं. ३०), मोहम्मद रियाज (वडा नं. ३२) तथा पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलम पनि एमालेमा प्रवेश गरेका छन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेत, वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर तथा केन्द्रीय सदस्य विजय सरावगी, एमाले पर्सा इन्चार्ज प्रभु हजरा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, केन्द्रीय नेता निर्मला देवकोटा लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पूर्व मन्त्री प्रदीप यादवले मधेसको विकास, सुशासन र राष्ट्रिय राजनीतिमा स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक रहेको भन्दै आफूहरू सामूहिक रूपमा एमालेमा प्रवेश गरेको देखिएको छ । यस प्रवेशलाई पर्सा र मधेसको राजनीतिमा एमालेको संगठनात्मक सुदृढीकरणको रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3