विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

खानेपानीको मसिहा बन्दैं पूर्व मन्त्री यादव, वीरगञ्जवासीलाई २४ घण्टे शुद्ध खानेपानीको उपहार

580


वीरगञ्ज महानगरपालिकाका बासिन्दाले वर्षौँदेखि भोग्दै आएको खानेपानीको चरम अभाव अब अन्त्य हुने भएको छ ।

नेपाल सरकारका पूर्व खानेपानी मन्त्री तथा पूर्व सांसद प्रदीप यादवको निरन्तर र दूरदर्शी पहलको फलस्वरूप “वीरगञ्ज खानेपानी वितरण प्रणाली” निर्माणका लागि महानगरपालिकाले ठेक्का आह्वान गरेको छ । परियोजना वीरगञ्जवासीका लागि साँच्चैको वरदान साबित हुने निश्चित छ ।

विगत चार वर्षदेखि विशेष गरी गर्मीयाममा खानेपानीको विकराल समस्या झेल्दै आएका वीरगञ्जका लाखौँ नागरिकलाई २४ घण्टे सुरक्षित तथा शुद्ध खानेपानी उपलब्ध गराउने महत्त्वाकाङ्क्षी योजना पूर्व मन्त्री यादवको व्यक्तिगत प्रतिबद्धता र अथक प्रयासको उत्कृष्ट नमुना हो ।

यादवले खानेपानी मन्त्री हुँदा नै यो समस्यालाई गम्भीरतापूर्वक लिएका थिए । मन्त्री पदबाट अलग भएपछि पनि आफ्नो क्षेत्रका जनताको पीडालाई निरन्तर उठाउँदै आएका थिए । उनको दूरगामी सोच र विभिन्न दातृ निकायसँगको प्रभावकारी संवादले नै एसियाली विकास बैङ्क ९एडिबी० को ठुलो लगानी यो परियोजनामा सम्भव भएको हो ।

परियोजनाअन्तर्गत वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ देखि १४, १६ र २४ सम्मका सहरी क्षेत्रमा पाँच वटा आधुनिक ओभर हेड ट्याङ्की निर्माण गरिनेछ । ट्याङ्कीहरू सुगरमील, पदम रोड, वडा नम्बर २४, जिल्ला प्रशासन कार्यालय पर्साको पछाडि र आदर्शनगरमा रहनेछन् । प्रत्येक ट्याङ्कीको क्षमता ३ देखि ८ लाख लिटरसम्म हुनेछ । साथै, सहरभरि ३२२ किलोमिटर लामो उच्च गुणस्तरको पाइपलाइन विस्तार गरिने योजना छ ।

प्रणालीले पाइप लाइनमार्फत नियमित र सुरक्षित खानेपानी वितरण मात्र होइन, उच्च प्रविधिको प्रयोग गरी नियमित निरीक्षण र मर्मत सम्भारको व्यवस्था पनि गर्नेछ । फलस्वरूप पाइप फुट्ने, लिकेज हुने जस्ता पुराना समस्याहरू पूर्ण रूपमा निर्मूल हुनेछन् । पूर्व मन्त्री यादवको पहलले वीरगञ्जलाई एउटा आधुनिक र भरपर्दो खानेपानी संरचना प्रदान गर्दै छ ।

वीरगञ्जका स्थानीय बासिन्दा, राजनीतिक दलका नेता(कार्यकर्ता तथा नागरिक समाजका अगुवाहरूले पूर्व मन्त्री प्रदीप यादवको योगदानको व्यापक प्रशंसा गरेका छन् । उनीहरूले यादवलाई “वीरगञ्जको खानेपानीको मसिहा” को संज्ञा दिँदै उनको दूरदर्शिता, जनसेवाको भावना र विकासप्रतिको समर्पणलाई हार्दिक बधाई दिएका छन् । “प्रदीप यादवज्यूले जनताको आधारभूत आवश्यकता बुझेर निरन्तर सङ्घर्ष गर्नुभयो । उहाँको पहल बिना यो परियोजना सम्भव थिएन,” एक स्थानीयले भने ।

परियोजना पूरा भएपछि वीरगञ्जका लाखौँ नागरिकले शुद्ध र नियमित खानेपानी पाउने मात्र होइन, स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा पनि उल्लेखनीय सुधार आउनेछ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,524,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,615,विचार,35,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,586,स्थानीय समाचार,304,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: खानेपानीको मसिहा बन्दैं पूर्व मन्त्री यादव, वीरगञ्जवासीलाई २४ घण्टे शुद्ध खानेपानीको उपहार
खानेपानीको मसिहा बन्दैं पूर्व मन्त्री यादव, वीरगञ्जवासीलाई २४ घण्टे शुद्ध खानेपानीको उपहार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhLUA_cm0XvULXhJT1Tr0T4mvmtBl0C3_zf-YGPKQE8yw2bM26TThhj32nTxXHoAtRnOH8CJukHE10W8ygOA1UY1SpDiPO1clO80eH52UgZD4yEsrxHjnGQYKWbqAwrCDKbQtk7IBl2L5Br4J88ZNXQYT8DoDf5ORqs0wdEXEeDAxkFZOrlGYu5mEvR6e9J/s320/d9e22d86-1557-488a-a9b4-caa18be1ee33.jfif
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhLUA_cm0XvULXhJT1Tr0T4mvmtBl0C3_zf-YGPKQE8yw2bM26TThhj32nTxXHoAtRnOH8CJukHE10W8ygOA1UY1SpDiPO1clO80eH52UgZD4yEsrxHjnGQYKWbqAwrCDKbQtk7IBl2L5Br4J88ZNXQYT8DoDf5ORqs0wdEXEeDAxkFZOrlGYu5mEvR6e9J/s72-c/d9e22d86-1557-488a-a9b4-caa18be1ee33.jfif
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_97.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_97.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content