पर्सा- वर्तमान राजनीतिक परिस्थितिमा विद्यार्थी आन्दोलनलाई वैचारिक रूपमा सशक्त र संगठनात्मक रूपमा मजबुत बनाउने उद्देश्यका साथ समाजवादी विद्यार्थी युनियन नेपाल, पर्साको जिल्ला कमिटी पुनर्गठन गरिएको छ।
संगठन विस्तार अभियानअन्तर्गत आज सम्पन्न बैठकले मोहम्मद सगीर अलीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गर्दै पर्सा जिल्लामा समाजवादी विचारधारालाई विद्यार्थी तहसम्म प्रभावकारी रूपमा पुर्याउने निर्णय गरेको हो।
नवगठित कमिटीको उपाध्यक्षमा अलोक चौरसिया र यस साह तुरहा, सचिवमा राज कुमार साह चयन भएका छन, भने सह–सचिवमा नुर आलम देवान, सितेस ठाकुर र नितेश साह तुरहा, कोषाध्यक्षमा अरवाज आलम देवान तथा सदस्यहरूमा अब्दुल क्युम, लक्की साह तुरहा र फरहान हासमी रहेका छन।
बैठकमा प्रमुख अतिथिका रूपमा उपस्थित समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय अध्यक्ष मनिष यादवले वर्तमान सत्ताको नीतिविरुद्ध सचेत, संगठित र संघर्षशील विद्यार्थी शक्ति निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षा, रोजगारी र सामाजिक न्यायका सवालमा विद्यार्थी युनियन अग्रपंक्तिमा उभिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
उक्त बैठकमा पार्टीका अगुवा नेता, कार्यकर्ता तथा विद्यार्थी नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले पर्सा जिल्लामा वैकल्पिक समाजवादी राजनीतिको बलियो आधार निर्माण गर्ने संकल्प व्यक्त गर्दै आगामी दिनमा विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन।


प्रतिक्रिया