एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा आज आयोजक यूएई र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । यूएईको अजमानस्थित करवान मैदानमा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कपको उपाधि भिडन्त आज बिहान १०:३० बजे सुरु हुनेछ ।
नेपालले मलेसियालाई ९ विकेटले हराएर फाइनल प्रवेश गरेको हो । ओमानलाई ८ विकेटले पराजित गर्दै युएई पनि फाइनलमा पुगेको हो ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान भएकाले दुवै टीम एसिया कपमा छनोट भइसकेका छन्।
तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । तेस्रो हुने टोली पनि एसिया कपमा पुग्ने छ । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यू–१९ एसिया कप डिसेम्बरमा यूएईमा नै हुँदैछ ।

प्रतिक्रिया