Menu

आजको मौसम

एसिसी यू–१९ प्रिमियर कप: आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने

Author
ईक्रान्तिखबर डेस्क |
December 01, 2025
Featured


एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा आज आयोजक यूएई र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । यूएईको अजमानस्थित करवान मैदानमा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कपको उपाधि भिडन्त आज बिहान १०:३० बजे सुरु हुनेछ । 

नेपालले मलेसियालाई ९ विकेटले हराएर फाइनल प्रवेश गरेको हो । ओमानलाई ८ विकेटले पराजित गर्दै युएई पनि फाइनलमा पुगेको हो ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान भएकाले दुवै टीम एसिया कपमा छनोट भइसकेका छन्।

तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । तेस्रो हुने टोली पनि एसिया कपमा पुग्ने छ । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यू–१९ एसिया कप डिसेम्बरमा यूएईमा नै हुँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3