काठमाडौं- राष्ट्रिय स्वत्नत्र पार्टीकी नेतृ तोसिमा कार्कीले निर्वाचन आयोगमा रास्वपाले पेस गरेको समानुपातिकको बन्द सूचीप्रति आपत्ति जनाएकी छन् । समानुपातिकको सूचीमा आफन्तवाद र नातावाद भएकाले अन्त्य गर्न माग गर्दै उनले पदाधिकारीलाई पनि हटाउनुपर्ने बताएकी हुन्।
कार्कीले समानुपातिकले निषेध नभई समावेश गराउनु पर्ने तर पार्टीले पेस गरेको सूचीमा नेतृत्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरू नै देखिनु समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न उठेको बताइन् ।
‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचीले कर्णाली बोल्नुपर्छ। सुदुरपश्चिम बोल्नुपर्छ। सुचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाईटल पोष्टमा हुनेहरु नै समानुपातिक सुचिको लागी आकांक्षी हुनु र त्यहिँ आफ्नो स्पेस बनाउनुरबनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन १’ कार्कीले लेखेकी छन्, ‘फेरि विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरु भनेको सधैँ पोसिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा।’
निवर्तमान सांसद कार्कीले पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचनबाट नबनेको भन्दै आपत्ति जनाइन्। सचिवालय सदस्य र पदाधिकारीहरू नै प्रत्यक्ष चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने रु भन्दै प्रश्न उठाइन्। सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आ(आफ्नो नाम समानुपातिकको सुचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने उनको तर्क छ।
‘पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचन बाट बनेको होइन, पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचिमा १ त्यो पनि प्राईमेरी भोटिङकै धज्जी उडाउदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन।’ कार्कीले लेखेकी छन्,‘मैले सधैँ भन्ने गरेको छु र फेरि पनि भन्छु,पार्टिको भाईटल पोसिसनमा बस्ने साथीहरूले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरु किन डराउनुभएको रु कति असुरक्षित महसुस गर्नुभएको रु सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने रु हामीले साँच्चिकै उदाहरणीय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ(आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। साथै समानुपातिकको सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्छ। जय घण्टी।’

प्रतिक्रिया