विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

प्रमुख प्रशासकिय अधिकृतको संरक्षणमा प्रधानाध्यापक यादवको मनोमानी र आर्थिक अनियमितता

580


पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर ३मा रहेको श्रीराम चरित्र भगत उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समिति नहुँदा प्रधानाध्यापक मनोज यादवमाथि आर्थिक अपचलन र मनोमानी निर्णय गरेको गम्भीर आरोप लागेको छ । विद्यालयको अनुगमन, निगरानी र जवाफदेहिताको अभावले प्रधानाध्यापकले परीक्षा शुल्क, शिक्षक पारिश्रमिक, निर्माण र अन्य शिर्षकमा लाखौँ रुपैयाँको अनियमित प्रयोग गरेको सामाचार प्राप्त भएको हो । 


स्थानीयवासी र शिक्षकका अनुसार विद्यालयमा व्यवस्थापन समितिको अभावले प्रधानाध्यापक यादवलाई आफ्नो निर्णय अनियन्त्रित रूपमा लागू गर्ने अवसर मिलेको छ । प्रधानाध्यापक यादवले १०+२को कक्षा नलिकन शिक्षकहरुलाई परिश्रमिक दिएको, सिभिल ईन्जिनियरको कक्षा सञ्चालनमा ८ लाख, लाईब्रेरीको स्थापना तथा ब्यवस्थापनमा समेत १० लाख रकम हिनामिना प्रधानाध्यापक यादवले गरेको नाम नछापने शर्तमा सोही बिद्यालयका एक जना शिक्षकले जानकारी दिएका छन । यति मात्र होईन्न, बिद्यालयको धानबालीको रकम हिनामिना गरेको र पुरानो बिद्यालयको भवनको काठ अल्पत्र पारेर आर्थिक अपचलन गरेको साथै बैशाखमा जडान गरिएको सिसि टिभि क्यामरा अहिले कामै नलाग्ने अवस्थामा रहेको र यस्ता बिभिन्न शिर्षकहरुमा वित्तीय विवरण सार्वजनिक र नियमित पारदर्शीता नभएको हुनाले प्रधानाध्यापक यादव लाखौं रकम अपचलन गर्दै आएको पुष्टि भएको छ ।  


बिद्यालयको जग्गामा रहेको रुख आफु मनपरी तरिकाले बिक्री गरेर लाखौं रकम हिनामिना गरेको सामाचार स्रोतको दावी छ । 


प्रधानाध्यापक यादवको गैरजिम्मेवारीपनका कारण पालिकाको जनप्रतिनिधिले उनलाई कारवाही गर्न र सरुवाको लागी पटक पटक एक्सन लिन खोज्दा पनि पालिकाको प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले ढाल बनेर उनको संरक्षण गर्दै आएको नाम नखुलाउने शर्तमा एक जना कर्मचारीले बताएका छन । 

२०८२ साल जेष्ठ २५ गते पालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा बसेको बठैकले प्रधानाध्यापक यादवलाई श्रीराम चरित्र भगत उच्च माध्यमिक बिद्यालयबाट संसारीमाई माध्यमिक बिद्यालयमा सरुवा गर्ने निर्णय समेत गरेको हुदाँ पनि प्रमुख प्रशासकिय अधिकृत साहले सरुवा गर्न नमानेको र  जे गरेपनि आफु प्रधानाध्यापक यादवको सरुवा नगर्ने अडान लिएको एकजना वडा अध्यक्षले बताएका छन । 

श्रीराम चरित्र भगत उच्च माध्यमिक बिद्यालयमा सहायक प्रधानाध्यापक र पछि प्रधानाध्यापकको जिम्मेवारी पाएका यादवले लामो समय देखि पकहाँमैनपुर गाउँपालिमा कार्यरत भएको हुनाले आफु कर्मचारीहरुसंग सेटिङ्ग गर्ने र राजनितिक दवावमा जनप्रतिनिधिहरुलाई समेत प्रभावमा पार्ने नटवरलालको रुपमा प्रस्तुत हुदैंआएको जानकारहरु बताउछन ।

प्रमुख प्रशासकिय अधिकृत साह जनप्रतिनिधिको बिपक्षमा कार्यशैली तथा कामकाज गर्नु र प्रधानाध्यापकको पक्षमा एकलौटी कार्यसम्पादन गर्नु भनेको दुवै बिच ठुलो नै आर्थिक सेटिङ्ग रहेको बुझ्न सकिन्छ । 

यता शिक्षकहरू पनि पढाईभन्दा बाहिरका गतिविधिमा समय खर्च गर्ने, मनोमानी ढङ्गले हाजिरी गर्ने र कक्षा शिक्षणमा लापरबाही गर्ने गरेको बिद्यार्थीहरु गुनासो गरेका छन । विद्यालयको लाईब्रेरीदेखि तालिम, शैक्षिक सामग्री, भवन मर्मत र अन्य योजनामा आएको बजेट पारदर्शी रूपमा प्रयोग नहुने आरोप पनि जोडिएको छ ।

स्थानीयवासी तथा पालिकाको युवा सञ्जाल र जेनजी युवा समुहले तत्काल छानबिन समिति गठन गरी प्रधानाध्यापकको वित्तीय विवरण सार्वजनिक गर्न, अनियमितता पुष्टि भए कठोर कारबाही गर्न, साथै तत्काल विद्यालय व्यवस्थापन समिति गठन गरी विद्यालयलाई नियमित र पारदर्शी बनाउने माग गरेका थिए । 

पुस ३ गते विद्यालय व्यवस्थापन समिति गठन गर्न बैठक बसेको थियो, ३ जना सदस्य चयन समेत गरियो । तर १जना सदस्य चयन हुन सकेको छैन, र यसलाई ऐजेन्डाको रुपमा राखेर आफन्त र आफु लभान्वीत प्यनलका ब्यक्तिलाई मात्र अध्यक्ष बनाउन प्रधानाध्यापक र वडा नम्बर ३ का वडा अध्यक्ष संजय चौहानले अडानले बिवाद चुलिएको र ब्यवस्थापन समितिमा गठन प्रक्रिया स्थगित भएको बुझिएको छ । 

यसमा वडा नम्बर एकका वडा अध्यक्ष बिनोद मेहता समेत बराबरको साथ दिरहेका छन,भने आफ्ना प्यनलका ब्यक्ति माथि सहमति नहुदाँ व्यवस्थापन समिति नै अन्योलमा राखेर गठन गर्न नदिने र बिवाद सृजना गरेर स्थगित गर्ने मान्सिक्तामा लागेको सामाचार स्रोतको दावी छ । 

पालिकाका जनप्रतिनिधि मेरो एउटा पकेटमा हुन्छन,भने प्रशासकिय अधिकृत देवनाथ साह र शिक्षा शाखाका प्रमुख संजय चौहान अर्को पकेटमा हुन्छन, मलाई कसैले केही गर्नसक्दैन, मलाई कसैले रोक्न सक्दैन, भने प्रधानाध्यापक यादवले स्थानिय स्तरमा यस्ता ठाडो अभिव्यक्ति प्रस्तुत गरिरहेको नाम नछापने शर्तमा एक जना स्थानियले बताएका छन । यति मात्र होईन्न, एउटा दुईटा बिकेट गिराईसके म माथि दवाव आयो भने अझै बिकेट गिराउने छु,भने विद्यालयको प्रशासनिक कामकाजमा समेत धाकधम्कीले गराउदैं आएको प्रधानाध्यापक यादवको अभिब्यक्तिले पुष्टि गरेको छ । उनका यस्ता कथित वक्तव्यले विद्यालयमा डर, असहजता र अविश्वासथप बढेको छ, भने उनले आफ्ना दादागिरी र हैक्मवादी कै कारण ब्यवस्थापन समिति गठन गर्न नचाहेको समेत पुष्टि भएको छ । 

स्थानीय स्तरमा विद्यालयकोशैक्षिक गुणस्तर निकै न्यून, विद्यार्थीको सिकाइ उपलब्धि खस्किएको, अनुशासन र व्यवस्थापन अस्तव्यस्त भएको देखिएको छ, भने यसबारे अभिभावक र विद्यार्थीहरु समेत असन्तुष्ट छन । 

प्रधानाध्यापक यादव मनपरी ढंगले विद्यालयमा काम गर्छन, पालिकाका जनप्रतिनिधिहरुसंग उनी कुनै किसिमको सल्लाहासुझाव लिने काम गर्दैन्न । यस्ता गतिबिधिका कारणले उनलाई सरुवा समेत गर्ने कुरा चलिरहेको छ, तर उनी प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहसंग आपसी सेटिङ्ग गरेर सरुवा रोक्न लगाएको नाम नछापने शर्तमा जनप्रतिनिधिले जानकारी दिएका छन । 

शिक्षा शाखा प्रमुख चौहानले जेगरे पनि पालिकामा उनको कुरा नचल्ने भएको छ, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहको आर्शिवादमा प्रधानाध्यापक यादवले आफ्नो कार्यशैली आफ्नै तरिकाले सञ्चालन गरेर अभिभावक तथा जनप्रतिनिधिलाई गुमरामा पारेको एक जना शिक्षकले बताएका छन । 

विद्यालयमा अनियमितता गर्ने उदेश्यले नै प्रधानाध्यापक यादव प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहसंग आर्थिक सेटिङ्ग वा राजनितिक पहुचको भरमा सरुवा रोक्न सफल समेत भएको स्रोतको दावी छ । 

प्रधानाध्यापक यादवको घर पर्सा जिल्ला पनि होईन्न तर उनी पकहाँमैनपुर गाउँपालिकामा आएदेखि विद्यालयमा गरिएको अनियमितताले हो कि कुन चलखेलले वीरगञ्ज स्थित लक्षुमणवामा करोडौ बराबरको लागतमा पक्की घर बनाउन सफल भए, थोरै समयमा यति ठुलाँ आए आर्जन शिक्षक पेसाले नहुने स्पष्ट छ, तर प्रधानाध्यापक यादवले विद्यालयलाई आर्थिक अपचलन र चलखेलको माध्यम नै बनाएका छन, भने प्रश्न समेत खडा भएको छ ।  

पालिकामा प्रधानाध्यापक मनोज यादवले आफु स्वक्ष रहेको दावी गर्छन, भने पकहाँमैनपुर गाउँपालिको प्रमुख प्रशासकिय अधिकृत देवनाथसंग यस बिषयमा बुझ्न खोज्दा फोन नै उठेन । 

गाउँपालिकाको शिक्षा शाखा प्रमुख संजय चौहानले विद्यालय व्यवस्थापन समितिमा देखिएको बिवाद सामाधान गर्न आफुहरु लागी परेको बताएका छन,भने एक सप्ताह भित्र बिवाद टुगिने दावी गरेका हुन । 

पलिकामा शिक्षा समिति गठन गरिएको छ, तर सो समितिको विद्यालयमा नियमित अनुगमन, स्पष्ट जिम्मेवारी र पारदर्शिता नभएको कारण यस्ता क्रियाकलाप भईरहेको स्थानिय आम नागरिकहरुको गुनासो छ ।

शिक्षक र विद्यार्थीहरूले पनि प्रधानाध्यापकको मनोमानी र व्यवस्थापनको अभावका कारण पढाइ गुणस्तर घटेको, कक्षा शिक्षणमा लापरबाही भएको, र बजेट पारदर्शी रूपमा प्रयोग नहुँदा विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको गुनासो गरेका छन । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,524,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,613,विचार,33,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,585,स्थानीय समाचार,304,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: प्रमुख प्रशासकिय अधिकृतको संरक्षणमा प्रधानाध्यापक यादवको मनोमानी र आर्थिक अनियमितता
प्रमुख प्रशासकिय अधिकृतको संरक्षणमा प्रधानाध्यापक यादवको मनोमानी र आर्थिक अनियमितता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAIm3LuSJG80hc05-SVlTPpZ0DvRORd7LNqOrPoaKmDwS97lxDGqvjjrgTsZVp4WFkbObO2Ivb9GgDx7JBCaNdL818Zv4t9r021-rk35CaRUhSJ5Xx98J8z8YiGZWc9yS9xxYCMne0VRVXi6lnh65YcnJrxQCh3Os0GMpu7hd8OF3dhACfnKZv-nk6gHlu/s320/280209f5-9c8e-45ff-bada-1b3119682833.jfif
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAIm3LuSJG80hc05-SVlTPpZ0DvRORd7LNqOrPoaKmDwS97lxDGqvjjrgTsZVp4WFkbObO2Ivb9GgDx7JBCaNdL818Zv4t9r021-rk35CaRUhSJ5Xx98J8z8YiGZWc9yS9xxYCMne0VRVXi6lnh65YcnJrxQCh3Os0GMpu7hd8OF3dhACfnKZv-nk6gHlu/s72-c/280209f5-9c8e-45ff-bada-1b3119682833.jfif
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_47.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_47.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content