विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

अनुभव, संघर्ष र समर्पणको प्रतीक प्रभु हजराको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

580


नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा दलित (खुल्ला) तर्फ केन्द्रीय सदस्य पदका लागि पर्सा जिल्लाबाट प्रभु हजरा दुसाधले मनोनयन दर्ता गरेका छन ।

पर्सा जिल्लामा ऊर्जावान, स्पष्टवक्ता तथा प्रभावशाली नेता एवं जिल्ला इन्चार्ज समेत रहेका नेता हजराको उम्मेदवारीले व्यापक चर्चा र समर्थन पाउँदै गएको छ।

एमाले नेता हजराले लामो समयदेखि पार्टी, संगठन र जनताको सेवामा समर्पित रहेर दलित समुदायको अधिकार, समान प्रतिनिधित्व र सामाजिक न्यायको पक्षमा निरन्तर संघर्ष गर्दै आएका छन। संगठन निर्माणदेखि आन्दोलनको अग्रपंक्तिसम्म उनको सक्रियता र योगदान उदाहरणीय मानिन्छ। कठिन परिस्थितिमा पनि पार्टीको नीति, सिद्धान्त र अनुशासनप्रति अडिग रहँदै उनले जनआधार विस्तार र सांगठनिक सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट देखिन्छ। 

पर्सा जिल्लासहित मधेस प्रदेशमा पार्टी संगठन मजबुत बनाउन उनले देखाएको नेतृत्व, कार्यक्षमता र जनसम्पर्क क्षमताले उनलाई केन्द्रीय नेतृत्वका लागि सक्षम र विश्वासयोग्य विकल्पका रूपमा स्थापित गरेको छ। दलित समुदायको आवाजलाई केन्द्रीय तहमा प्रभावकारी ढंगले उठाउन सक्ने नेतृत्वको आवश्यकता रहेको वर्तमान सन्दर्भमा प्रभु हजरा दुसाधको उम्मेदवारीलाई समयसापेक्ष र अपरिहार्य मानिएको छ।

नेता हजराले एमालेमा वडा सचिव देखि (२०४७) बाट राजनीतिक जीवन शुरु गरेका थिए । उनी वडा कमिटी, उपमहानगर, जिल्ला कमिटी, अञ्चल र केन्द्र संगठन विभागमा भूमिका खेल्दैं दुई कार्यकाल पर्सा जिल्ला अध्यक्ष र हाल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्जको जिम्मेवारी निर्वाह गर्दै आएका थिए। 

साथै उनले मुक्ति समाजका केन्द्रिय सचिव, उपाध्यक्ष सहित मधेश प्रदेशको ईन्चार्ज सहित दलित बिकास समितिको उपाध्यक्ष र कार्यकारी निर्देशनको जिम्मेवारी दृढ संकल्पका साथ परिपूर्ण निर्वाह गर्दे नेकपा एमालेलाई पर्सा जिल्लामा स्थापित गर्ने लोकप्रिय नेताको नामले परिचित छन ।

उनी बिगतमा दलित समुदायसँग असमान व्यवहार विरुद्ध आवाज उठाउदै पर्सा जिल्लामा अवरुद्ध नारायणी अस्पताल, पोखरीया मालपोत स्थापना, बिकास पुनर्निर्माण र स्थानिय पूर्वाधार विकासमा सक्रिय रहेका छन । नेता हजरा (२०७९) सालको निर्वाचनमा दलित वर्गबाट समानुपातिक प्रतिनिधी सभाका लागि निर्वाचित समेत भएका थिए।

उनी राजनीतिमा प्रारम्भिक तहबाट उठेर हाल राष्ट्रिय संसदसम्मको यात्रा तय गरेको उहाँले दलित हकको लागि आवाज उठाएको र स्थानिय विकास कार्यमा सक्रिय भूमिका निभाएको देखिन्छ । आम नागरिकको हक सुनिश्चित गर्न सडक देखि सदन सम्म विकास, अधिकार र समानुपातिक प्रतिनिधित्वका मुद्दामा निर्भीक आवाज उठाउने नेता भएकोले पर्सा जिल्लामा उनी लोकप्रिय र जिम्मेवार नेताका रूपमा स्थापित भएका छन, भने उनको पार्टी, जनता र राष्ट्रियता प्रतिको योगदान र महत्वपूर्ण भूमिकाले गर्दा उनलाई पार्टीले पुनः केन्द्रीय नेतृत्वमा आउन अगाडि बढाएको छ।

एमाले नेता प्रभु हजरा दुसाधले ११औं राष्ट्रिय महाधिवेशनमा केपि शर्मा ओली प्यानलबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन, भने उनी संगै पर्सा जिल्लाबाट मधेशी खल्ला तर्फबाट बिजयी कुमार सरावगी, भुगोल महिलामा निर्मला देवकोटाको उम्मेदवारी परेको छ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई थप बलियो बनाउँदै समावेशी, समानुपातिक र न्यायपूर्ण नेतृत्व स्थापित गर्नका लागि दलित (खुल्ला) तर्फबाट केन्द्रीय सदस्य पदमा प्रभु हजरा (दुसाद)लाई भारी मतले विजयी गराउन पार्टीपंक्ति र शुभेच्छुकहरूबाट अपिल समेत गरिएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,513,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,603,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: अनुभव, संघर्ष र समर्पणको प्रतीक प्रभु हजराको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
अनुभव, संघर्ष र समर्पणको प्रतीक प्रभु हजराको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiL8DHtOExSS7beaDQNMWKu_PpnWvME9bEbjrT4FAw-gdp-ItLPofCnpOszwMx84UtCj3ShVJZW2Q2URDklkZrb3lz6iiV4hqk224uTXJpJGk-iATV2d3gelAofKwWW-fDk1iCH2TPzFIe9lJqlqSHFd2RDbF20zhntxQGIjWf7T-YYAi_mTuYXlhj2nKqX/s320/1000067552.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiL8DHtOExSS7beaDQNMWKu_PpnWvME9bEbjrT4FAw-gdp-ItLPofCnpOszwMx84UtCj3ShVJZW2Q2URDklkZrb3lz6iiV4hqk224uTXJpJGk-iATV2d3gelAofKwWW-fDk1iCH2TPzFIe9lJqlqSHFd2RDbF20zhntxQGIjWf7T-YYAi_mTuYXlhj2nKqX/s72-c/1000067552.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_70.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_70.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content