पर्सा - नेकपा एमालेको पकहॉंमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष तथा युवा नेता अकलेश कुमार साहले नेतृत्व र लोकप्रियताबारे गहिरो दार्शनिक दृष्टिकोण प्रस्तुत गर्दै क्षणिक लोकप्रियताप्रति सचेत रहन र विचार–सिद्धान्तमा आधारित नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिएका छन।
शुक्रबार युवा नेता साहले सामाजिक सञ्जाल मार्फत क्षणिक लोकप्रियताप्रति सचेत रहन र विचार–सिद्धान्तमा आधारित नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिएका हुन ।
उनले लोकप्रियतालाई “कर्कलाको पातमा परेको पानी”सँग तुलना गर्दै भने, “कर्कलाको पातमा परेको पानी जति चम्किलो देखिए पनि टिक्दैन, सानो झट्कामै खस्छ। त्यसैगरी भावनामा बगेर, प्रचार–प्रसार वा भीडको तालीमा टिकेको लोकप्रियता पनि स्थायी हुँदैन भने टिप्पणी गरेका छन । उनका अनुसार परिस्थिति बद्लिँदा वा चुनौती आउँदा यस्तो लोकप्रियता क्षणभरमै हराउने इतिहासले देखाईसकेको ध्यानाकर्षण गराए ।
इतिहासबाट सिक्नुपर्ने पाठ
सामाजिक अभियन्ता समेत रहेका साहले इतिहासको उदाहरण दिँदै विचार, सिद्धान्त र मूल्यमा अडिएका नेताहरू मात्रै दीर्घकालसम्म स्मरणीय बनेको जिकिर गरे । उनले भने “केवल शक्ति, डर वा भावनात्मक नारामा उभिएका नेतृत्व समयसँगै हराउँदै गरेको स्पष्ट पारे। उनका अनुसार इतिहासले सधैं एउटै पाठ सिकाएको छ, टिकाउ नेतृत्व विचारबाट जन्मिन्छ, नाराबाट होइन, भने दावी गरेका हुन ।
विचारले निर्माण गर्ने नेतृत्व कस्तो हुन्छ?
विचारआधारित नेतृत्वका विशेषता स्पष्ट गर्दै भने, स्पष्ट दर्शन (vision) हुन्छ,मूल्य र सिद्धान्तप्रति अडान हुन्छ,व्यक्तिगत लाभभन्दा सामूहिक हितलाई प्राथमिकता दिइन्छ, निर्णय गर्दा दीर्घकालीन प्रभावलाई ध्यान दिने नेतृत्वले व्यक्ति केन्द्रित मात्र हुँदैन, यसले प्रणाली र सामाजिक चेतना निर्माण गर्छ, जसको प्रभाव नेताभन्दा पछिसम्म पनि कायम रहने बताए।
संकटमै चिनिन्छ साँचो नेतृत्व
युवा नेता साहले साँचो नेतृत्व संकटको घडीमै परीक्षण हुने उल्लेख गर्दै भने, “युद्ध, आर्थिक मन्दी, आलोचना वा असफलताजस्ता कठिन परिस्थितिमा लोकप्रियतामा टिकेको नेता डगमगाउँ छन , तर विचारमा अडिएको नेता अझ स्पष्ट र झन बलियो हुन्छ।” उनका अनुसार कठिन परिस्थितिले विचारवान नेताहरूलाई तोड्दैन, बरु अझ परिष्कृत बनाउँछ भने उनको धारणा छ।
लोकप्रियता होइन, विचार अमर
युवा नेता साहले लोकप्रियतालाई लक्ष्य होइन, परिणाम मात्र भएको बताए। “यदि नेतृत्व विचार, नैतिकता र जिम्मेवारीबाट जन्मिएको छ भने समय र चुनौतीले त्यसलाई अझ मजबुत बनाउँछ,” उनले भने, “तर यदि नेतृत्व केवल भीडको समर्थनमा टिकेको छ भने भीड फर्कँदा नेतृत्व पनि हराउने उनको टिप्पणी छ।
युवा नेता साहले इतिहासले बारम्बार सम्झाएको सत्य स्मरण गराउँदै भने, “विचार अमर हुन्छ, व्यक्तित्व क्षणिक, राजनीतिक क्षेत्रमा बढ्दो सतही लोकप्रियता र भावनात्मक राजनीतिबीच साहको यो धारणा युवापुस्तामाझ वैचारिक बहसलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया