Menu

आजको मौसम

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा श्याम पटेल नियुक्त

Author
Bhagwan kurmi |
December 31, 2025
Featured


मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा श्याम पटेललाई नियुक्त गरिएको छ। पर्सा जिल्लाको क्षेत्र नं।२को ९क०बाट निर्वाचित प्रदेश सभा सदस्य पटेलको मन्त्री पदको नियुक्तिलाई मधेस प्रदेशको कृषि, भूमि व्यवस्थापन तथा सहकारी क्षेत्रको सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

नव-नियुक्त मन्त्री पटेलले भूमि व्यवस्थापनलाई व्यवस्थित तथा पारदर्शी बनाउने, कृषि क्षेत्रको उत्पादनशीलता अभिवृद्धि गर्ने तथा सहकारी प्रणालीलाई सुदृढ, उत्तरदायी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मन्त्री पटेलको कार्यकालमा किसानमुखी नीति निर्माण, कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको मजबुतीकरण तथा सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

मन्त्री श्याम प्रसाद पटेल नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधित्व गर्छन।

नव-नियुक्त मन्त्री पटेलप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा सर्वसाधारणले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3