पर्सा- सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल पर्सामा नै नियम–कानुनको गम्भीर उल्लङ्घनमा उत्रिएको घटनाले सुरक्षा निकायको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । वीरगञ्जमा गरिएको एक हचुवा र अपरिपक्व ‘अपरेशन’ उल्टै प्रत्युत्पादक बन्दै सशस्त्र प्रहरीकै बदनामीको कारण बनेको छ ।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल वीरगञ्जका डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा गएको सशस्त्र प्रहरी र भन्सारको संयुक्त टोलीले बिहीबार वीरगञ्ज महानगरपालिका–२५, सिर्सिया क्षेत्रका स्थानीय नागरिकको घरमा बिनापुर्जी र बिनाकानुनी प्रक्रिया खानतलासी गर्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो ।
पुर्जी बिना घरमा पस्ने प्रयास, स्थानीय आक्रोशित
बिहीबार बिहान करिब १० बजे सिर्सियाको मौजे टोलमा रहेका भुलाही पटेल र रामाकान्त पटेलको घरमा “विशेष सूचना” को दाबी गर्दै सशस्त्र प्रहरी टोली पुगेको थियो । तर घरधनीसँग खानतलासी पुर्जी देखाउन नसक्दा स्थानीयले कडा आपत्ति जनाएका थिए । कानुनी प्रक्रिया मिचेर जबरजस्ती घरभित्र पस्न खोजेपछि स्थानीयवासी आक्रोशित बनेका थिए ।
झडप, सशस्त्र प्रहरी निरीक्षक कुटिए
स्थिति नियन्त्रण बाहिर जाँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप समेत भएको थियो । सो क्रममा नाम नखुलेका एक सशस्त्र प्रहरी निरीक्षकले स्थानीयको प्रतिकारमा मुक्का समेत खानुपरेको थियो ।
वडा अध्यक्ष आशुतोष चतुर्वेदीले भने
“सशस्त्र प्रहरीले रितपूर्वक खानतलासी गर्नुपर्नेमा नियम उल्लङ्घन ग¥यो । त्यसकै कारण तनाव भयो र झडपको अवस्था सिर्जना भयो ।
दुई घण्टापछि मात्र पुर्जी, तर नतिजा शून्य
घटनापछि करिब दुई घण्टा बितेपछि मात्र डिएसपी भण्डारी भन्सार कार्यालयका कर्मचारीसहित आधिकारिक खानतलासी पुर्जी लिएर पुनः पटेलको घर पुगेका थिए । टोलीले घरका कुना–कुनासम्म सूक्ष्म रूपमा खानतलासी गरे पनि कुनै पनि अवैध वस्तु, तस्करीका सामान वा प्रमाण फेला परेन ।
अन्ततः “ठूलो सफलता” को अपेक्षा बोकेको सशस्त्र प्रहरी टोली रित्तो हात फर्कन बाध्य भयो ।
घटनापछि सञ्चारकर्मी र स्थानीयको प्रश्नको सामना गर्न नचाहेका डिएसपी भण्डारीले “गोप्य सूचनाका आधारमा खानतलासी गरिएको तर केही नपाइएको” भन्दै सामान्य प्रतिक्रिया दिएर मुख लुकाउँदै स्थानबाट भागेका थिए ।
यता पीडित रामाकान्त पटेलले सशस्त्र प्रहरीमाथि गम्भीर आरोप लगाउँदै भने, “हामी इज्जतदार नागरिक हौँ, कुनै अवैध कारोबार गर्दैनौँ । बिना पुर्जी घरमा पस्न खोजियो, पछि पुर्जी ल्याएर चेक गर्दा पनि केही भेटिएन । यसले हाम्रो सामाजिक प्रतिष्ठामा गम्भीर आँच पु¥याएको आरोप लगाए ।
सशस्त्र प्रहरीको यस्तो कार्यशैली स्टन्ट देखाउने र आर्थिक प्रलोभनमा परेर वास्तविक तस्करलाई जोगाउने प्रयास मात्र गरेको पुष्टि भएको छ ।
पर्सा जिल्लामा सशस्त्र प्रहरीको यो पहिलो घटना होईन्न, भारतबाट घरायसी कामका लागी थोरै समान बोकेर आउनुहुने सर्व सधारणहरुलाई लाग्छ ठुला अपराधी हुन जस्तै नाकामा सशस्त्र प्रहरीहरुले बिभिन्न किसिमको केरकार गर्ने गरेका छन, तर अवैध कारोवार गर्ने तस्करहरुको आर्थिक नजराना बुझेर सजिलै लाईन दिने र राष्ट्रको लाखौं राजस्व सजिलै अपचलन गरिरहेका छन । सिधा कुरा गर्दा पर्सामा सशस्त्र प्रहरी बस्ति देखी बोर्डर साईड सम्ममा सानालाई ऐन र ठुलालाई चैन भन्ने जस्तै गतिबिधी रहेको जोकोहीले पनि देख्न सकिने छन । महिनवारीको नाममा तस्करीको लाईन दिन सशस्त्र प्रहरीले साईकल, मोटरसाईकल, भरिया र टेम्पुको छुटाछुट्टै दर रेट तोकेर नजरानाको रुपमा असुलीमा समेत ब्यस्त रहेको देखिन्छ,भने पैसा पाए सबथोक गर्न पाउने, पैसा नपाए सर्व सधारणलाई सास्ती दिने र चरित्र हत्या समेत गर्ने प्रवृतिमा मात्र सिमित रहेको आजको छापामारीको घटनाले शतप्रतिशत पुष्टि गरेको छ ।
बिनापुर्जी नागरिकको निजी निवासमा गरिने यस्तो हस्तक्षेपले सुरक्षा निकायको विश्वसनीयता, पेशागत मर्यादा र कानुनी उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
प्रतिक्रिया