नेकपा एमालेका नेता अकलेश कुमार साहले प्रतिशोध र दोषारोपणको राजनीतिलाई अस्वीकार गर्दै परिवर्तन, सेवा र समावेशी विकासमा आधारित राजनीतिमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साहले विगतका गल्तीमा अड्किएर कसैलाई दोष दिने होइन, भविष्यलाई सुधार्ने मार्ग निर्माण गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उनले पकहाँमैनपुर गाउँपालिकालाई इमानदार नेतृत्व, न्यायपूर्ण व्यवस्था र समावेशी विकासको खाँचो रहेको बताएका हुन।
युवा नेता साहले भने“राजनीति बदला लिने माध्यम होइन, सेवा गर्ने संस्कार हुनुपर्छ,” लेख्नुभएको छ, “हामीलाई विभाजन होइन एकता, डर होइन आशा र खोक्रा नाराभन्दा ठोस परिणाम चाहिएको टिप्पणी गरेका छन ।
पकहाँमैनपुर गाउँपालिका प्रमुखका प्रत्यासी समेत रहेका युवा नेता साहले युवालाई अवसर, किसानलाई सम्मान, श्रमिकलाई न्याय र प्रत्येक नागरिकलाई आफ्नै पालिकाभित्र सुरक्षित र गौरवान्वित महसुस गराउने वातावरण निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन। साहका अनुसार परिवर्तन भनेको सत्ता बदल्नु मात्र नभई सोच, संस्कार र प्रणालीमा सकारात्मक रुपान्तरण ल्याउनु हो।
इमानदारी, पारदर्शिता र जवाफदेहिताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै युवा नेता साहले पकहाँमैनपुर गाउँपालिकाको भविष्य बदलिने, सहकार्य, सुधार र समृद्धिका लागि आफू अगाडि बढ्ने धारणा व्यक्त गरे।
साहको यो अभिव्यक्तिलाई स्थानीय स्तरमा वैकल्पिक र सेवामुखी राजनीतिक सोचका रूपमा हेरिएको छ, जसले आगामी स्थानीय निर्वाचनमा पकहाँमैनपुरको राजनीतिक बहसलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया