नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा उपमहासचिव योगेश भट्टराईले सञ्चारमाध्यमसँग दिएको अभिव्यक्तिप्रति महाधिवेशन प्रतिनिधि अनिल कुमार हजराले आपत्ति जनाएका छन । एमाले नेता हजरा, ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि तथा मधेस प्रदेश कमिटी सदस्य समेत हुन्,उनले भट्टराईको अभिव्यक्तिलाई “अत्यन्तै गैरजिम्मेवार, तथ्यहीन र पार्टीको एकता तथा अनुशासनविरुद्ध” भएको बताएका हुन ।
शुक्रवार उपमहासचिव योगेश भट्टराईले सञ्चारमाध्यमसँग प्रतिनिधिलाई“मानसिक दबाबमा राखेर महाधिवेशन सम्पन्न गराइयो” भन्ने अभिव्यक्ति तथा आशयले हजारौँ प्रतिनिधिको आत्मसम्मान, राजनीतिक चेतना र योगदानमाथि प्रत्यक्ष प्रश्न उठाएको नेता हजराले बताएका छन । उनले यसलाई केवल व्यक्तिगत धारणा मात्र नभई पार्टी पंक्तिलाई कमजोर पार्ने खालको दुष्प्रचार भएको उल्लेख गर्दै, यस्तो अभिव्यक्तिलाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका हुन ।
नेता हजराले भने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन कुनै दबाब, डर वा बाध्यतामा सम्पन्न भएको होईन । यो निरन्तर संवाद, विचार–विमर्श, सहकार्य र संगठनात्मक एकताको बलमा सम्पन्न भएको ऐतिहासिक महाधिवेशन हो । प्रतिनिधिहरू स्वेच्छाले सहभागी भएका थिए र खुला रूपमा आफ्ना धारणा राखेका थिए, र नेतृत्व चयन लोकतान्त्रिक प्रक्रियामार्फत गरिएको नेता हजराले दावी गरेका हुन ।
उनले महाधिवेशन जस्तो सर्वोच्च पार्टी मञ्चलाई कमजोर देखाउने, प्रतिनिधिहरूलाई विवेकहीन र दबाबमा निर्णय गर्ने पात्रका रूपमा चित्रित गर्ने प्रयास अत्यन्तै निन्दनीय रहेको छ । यस्तो अभिव्यक्तिले पार्टीभित्र भ्रम फैलाउने, कार्यकर्ताको मनोबल गिराउने र विरोधी शक्तिलाई अनावश्यक हतियार उपलब्ध गराउने काम मात्र गरिएको नेता हजराले टिप्पणी गरेका छन ।
नेता हजराले समाजिक सञ्जालमा स्टेटस हाल्दै भने यदि महाधिवेशन प्रक्रियामा कुनै असहमति, कमजोरी वा फरक धारणा थिए भने ती विषय पार्टीको आन्तरिक संरचना र वैचारिक बहस मार्फत उठाउनुपर्ने थियो । सञ्चारमाध्यममार्फत पार्टीकै निर्णय र प्रक्रियामा प्रश्न उठाउनु जिम्मेवार नेतृत्वको परिचायक हुन सक्दैन भने धारण राखेका हुन । उनले पार्टीका नेतृत्व स्तरका पदाधिकारीहरूलाई सार्वजनिक अभिव्यक्तिमा संयम, तथ्य र पार्टी हितलाई केन्द्रमा राख्न आग्रह गर्दै भने, “पार्टीको एकता, अनुशासन र राजनीतिक स्थायित्वलाई कमजोर पार्ने कुनै पनि प्रयासको हामी दृढतापूर्वक प्रतिवाद गर्न तयार छौँ । नेकपा एमाले आज लाखौँ कार्यकर्ता, समर्थक र जनताको भरोसामा उभिएको शक्तिशाली पार्टी हो । यसलाई कमजोर बनाउने कुनै पनि अभिव्यक्ति, चाहे त्यो जुनसुकै पद वा हैसियतका नेताबाट किन नआओस्, गम्भीर समीक्षा र आत्मआलोचनाको विषय बन्नुपर्छ भने जिकिर गरे ।
उनले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सफल, ऐतिहासिक र संगठनलाई थप सुदृढ बनाउने महाधिवेशन हो । अहिलेको परिस्थितीलाई ध्यानमा राखेर पार्टीलाई एक ढिक्का बनाउन तिर लाग्नु सबैको दायित्व हो । अनावश्यक विवाद सिर्जना गर्ने प्रयासहरूलाई पार्टीले अस्वीकार गर्नुपर्छ र यस्ता अभिब्यक्ति पार्टीपक्तींका कुनै नेता वा कार्यकर्ताबाट नदिन नेता हजराले आग्रह समेत गरेका हुन ।
प्रतिक्रिया