पर्सा- वीरगञ्जमा अवस्थीत सामाजिक संस्था उपकार सेवा नेपाल ले ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा खाद्यान्न र दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।
संस्थाले आश्रममा बसोबास गर्ने १८ जना अपाङ्ग, मानसिक रूपमा असक्षम, वृद्ध–वृद्धा, आमाबुवा र बालबालिकाहरूको लागि आवश्यक सामग्री उपलब्ध गराएको छ। सहयोगमा चामल ३० किलोका २ बोरा, दाल ७ किलो, खानेतेल, नून, साबुन, स्वाबिन १० किलो, फिनाईल, सर्फ, लुगाधुने साबुन, नुहाउने साबुन, डाइफर, धनिया, खुर्सानी लगायतका दैनिक उपभोग्य सामग्री समावेश थिए।
सामग्री हस्तान्तरण कार्यक्रममा आश्रमका सदस्य राम बहादुर थिङलाई घरमै बोलाएर संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले सामाग्रीहरू हस्तान्तरण गरेका थिए।
उपकार सेवा नेपालले उक्त आश्रमलाई मासिक रूपमा खाद्यान्न तथा विभिन्न जिन्सी सामग्रीहरू प्रदान गर्दै आएको छ। संस्थाले देशका विभिन्न स्थानहरूमा सामाजिक सहयोग कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया