वीरगंज, २५ कात्तिक । जनमत पार्टी, पर्साले मंगलवार विरोध प्रदर्शन गरेको छ । मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै जनमतले वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।
मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न र तत्कालीन प्रदेश प्रमुख साबित्री सुवेदी भण्डारीलाई कारबाही गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ताहरूले सडकमा टायर बालेर नाराबाजी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको गरेको थियो ।
विरोध प्रदर्शनमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले संघीयताको मूल आधारभूत भावना र मधेसको अधिकारमाथि प्रहार सहय नहुने बताए । उनले संविधानले दिएको अधिकारलाई कुण्ठित गरेर प्रदेशलाई कमजोर बनाउने प्रयास भइरहेको र मधेसको आवाजलाई फेरि दबाउने खेल शुरू भएको आरोप लगाए ।
उनले गैरसंवैधानिक रूपमा सरकार बनाउने निर्णय तुरून्तै सच्याउनुपर्ने र सरोजकुमार यादवलाई मुख्यमन्त्री पदबाट बर्खास्त नगरि कडा संघर्षमा उत्रिने बताए ।
प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय सदस्य श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा, प्रदेश सदस्य राजनारायण मिश्र, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, नेताहरू भुपेन्द्र साह, अमरनाथ राठौर, रूक्साना खातुन, युवा नेताहरू मनोज साह, धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, संजय सिंह, रोशन पाण्डेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया