पर्सा- नेकपा एमाले पकहाँमैनपुर गाउँ कमिटीको आयोजनामा सोमबार गाउँपालिका स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम, जनसंगठन विस्तार तथा स्थानीय विकासका मुद्दाहरूमा व्यापक छलफल गरिएको थियो ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा एमालेको भूमिका झन् प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । वक्ताहरूले असंवैधानिक सरकारका कदमविरुद्ध जनस्तरमा सचेतना फैलाउने, जनताका समस्यालाई प्राथमिकतामा राखेर राजनीतिक अभियान सञ्चालन गर्ने र संगठन विस्तारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता जनाए ।
बैठकले पार्टी सुदृढीकरण अभियानलाई निरन्तरता दिने, युवा र महिलालाई संगठनमा अग्रभूमिमा ल्याउने, गाउँस्तरका बैठक र प्रशिक्षण कार्यक्रम नियमित गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेका पालिका कमिटि सचिव राजेश सहनीले सहजिकरण गरेका बैठकमा विभिन्न वडाबाट आएका प्रतिनिधिहरूले आफ्नो कार्य क्षेत्रका राजनीतिक तथा सामाजिक अवस्थाबारे रिपोर्टिङ गर्दै सुधारका सुझाव पनि प्रस्तुत गरेका थिए ।
नेकपा एमालेका पालिका कमिटि अध्यक्ष अकलेश कुमार साहको अध्यक्षतामा समपन्न बैठकमा पर्सा जिल्ला कमिटीका सदस्य प्रमोद राज पटेल, वडा कमिटी अध्यक्षहरू, जनवर्गीय संगठनका प्रतिनिधिहरू र सक्रिय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया