नेकपा एमाले वीरगंज महानगर कमिटीले मंगलबार वीरगञ्जमा शक्ति प्रदर्शन गरेको छ । । वीरगञ्ज महानगर कमिटीको आयोजनामा दिउँसो विशाल मोटरसाइकल र्याली निकालि शक्ति प्रर्दशन गरेको हो ।
महानगर अध्यक्ष नवराज शर्माको नेतृत्वमा चिनिमिल आवास क्षेत्रबाट निस्किएको र्यालीले महानगरको परिक्रमा गर्दै घण्टाघरमा कोणसभामा रूपान्तरण भएको थियो ।
र्यालीमा पार्टीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजकुमार गुप्ता, अरविन्द सिंह, मधेश प्रदेशका उपाध्यक्ष तथा वीरगञ्ज महानगर इञ्चार्ज बिचारी यादव, पुर्व मेयर बिजय सरावगी,प्रदेश सभा सदस्य बिना शर्मा, बुद्धिजीवी परिषद् मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, नेताहरु सुन्दर कुर्मी, रन्जु फुयाल, वडा अध्यक्ष अवधकिसोर कुशवाहा, लगायतको उपस्थिति रहेको थियो।
कोणसभाका वक्ताहरूले देशमा “जेन्जी आन्दोलन” को नाममा फैलिएको अराजकतालाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै तत्काल छानबिन र कारबाहीको माग गरेका थिए । “यो आन्दोलन होइन, राज्य अस्थिर पार्ने विदेशी एजेन्डा हो।” संसद् पुनर्गठन पार्टीको मुख्य राजनीतिक अभियान भएको उल्लेख गर्दै सर्वोच्च अदालतले “जनताको म्यान्डेट बोक्ने सदनलाई पुनःस्थापित गर्ने” विश्वास व्यक्त गरे।वर्तमान सरकारलाई असंवैधानिक’ ठहर गर्दै वक्ताहरुले “यो सरकार जनमतविहीन र दलाल शक्तिको देनहो, यसबाट देशमा निकास सम्भव छैन।”कार्यक्रमको सहजीकरण महानगर सचिव लियाकत अलीले गरेका थिए।
प्रतिक्रिया