पर्सा — नेकपा (एमाले) सखुवा प्रसौनी गाउँपालिका स्तरीय जनसभा आज एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।
पालिका कमिटीका सचिव चन्दन सहनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य मंजुर अंसारी प्रमुख अतिथि रहनु भयो भने जिल्ला कमिटी सदस्य जसवंत यादव विशेष अतिथिका रूपमा उपस्थित हुनु भयो।
कार्यक्रममा वक्ताहरूले एमालेको नीति, सिद्धान्त र आगामी राजनीतिक दिशा—निर्देशनबारे विस्तृत चर्चा गर्दै संगठन सुदृढीकरणमा सबै कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए।
सभामा सहभागी नेताहरूले पालिकाभित्र पार्टीको संगठन विस्तार, सुशासन र विकासका मुद्दालाई प्राथमिकतामा राखी जनताको विश्वास जित्ने संकल्प व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय स्तरका पार्टी नेता, कार्यकर्ता र जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया