सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित शिव मन्दिर नजिकको लखनदेही खोलाको भित्री बाटोबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ९गाँजा० बरामद गरेको हो ।
३८ किलो ८९० ग्राम गाँजा प्लास्टिकसहित नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ।
प्रहरी अनुसार पूर्व–पश्चिम राजमार्गको सो क्षेत्र हुँदै आइरहेका दुई सवारी साधनलाई जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो।
प्रहरीले लागु औषध गाँजासित प्रदेश २–०३००१ ह–३२८ नम्बरको अटो र ना. ६०प ५५६ मोटरसाइकल समेत बरामद गरेको छ ।
मोबाइल गस्तीमा खटिएको प्रहरी टोलीले अटोबाट रातो प्लास्टिकमा डोरीले बाँधिएको एक पोका तथा मोटरसाइकलमा राखिएका ६ पोका गाँजा फेला पारेको जनाएको छ।
मोटरसाइकल चालक भने प्रहरी देखेपछि फरार भएको प्रहरीले बताएको छ।
अटो चालक हरीवन नगरपालिका–१ कटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई प्रहरीले तत्काल नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा, अटो र मोटरसाइकलसहित घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्मानित अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

प्रतिक्रिया