Menu

आजको मौसम

हारले नडराऔं, अझ बलियो बनौं— एमाले पर्साका नेता–कार्यकर्तालाई प्रभु हजराको सन्देश

Author
Bhagwan kurmi |
March 12, 2026
Featured


पर्सा—
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले हालैको निर्वाचन परिणामलाई लिएर पार्टीका नेता तथा कार्यकर्तालाई बिचलित नहुन आग्रह गरेका छन। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हार–जितलाई राजनीतिक प्रक्रियाको स्वाभाविक हिस्सा भएको बताएका छन।

नेता हजराले निर्वाचनको परिणामले निराश नभई अझ संगठित र दृढ भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन।

“हार–जित राजनीति को स्वाभाविक प्रक्रिया हो। आजको परिणामले हामीलाई अझै बलियो बन्ने प्रेरणा दिन्छ,” उनले उल्लेख गरेका छन।

उनले नेकपा एमाले पर्साका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकजुट भएर पार्टीलाई थप सुदृढ बनाउने संकल्प लिन आग्रह गर्दै पार्टीभित्रको एकता र संगठनको मजबुतीबाट मात्रै जनताको भरोसा पुनः जित्न सकिने धारणा राखेका हुन ।

नेता हजराले नेता–कार्यकर्तालाई सम्बोधन गर्दै हारले मन कमजोर नबनाउने र संघर्षले नै नयाँ बाटो देखाउने उल्लेख गरेका छन। “आउनुहोस्, सबै मिलेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने संकल्प गरौं। नेकपा एमालेका नेता–कार्यकर्ता एक ढिक्का भए भोलिको जित आफैं हाम्रो ढोकामा आउँछ,” उनले भने ।

पछिल्लो समय पर्सा जिल्लामा एमालेभित्र विभिन्न राजनीतिक बहस र समीक्षा भइरहेका बेला जिल्ला इन्चार्ज हजराको यो अभिव्यक्तिलाई पार्टीभित्र एकता कायम गर्दै आगामी राजनीतिक यात्राका लागि कार्यकर्तालाई उत्साहित बनाउने सन्देशका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3