जिल्ला ट्राफिक कार्यालय पर्साले बीरगंजमा ट्राफिक ब्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्रका लागि मंगलबारदेखि २ घन्टा नारा सहित मधेस विश्व बिधालयका विद्यार्थीहरुलाई ट्राफिक स्वयंसेवकका रुपमा सडकमा परिचालन गरिएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक युवराज कटुवालले जानकारी दिनुभएको छ।
ट्राफिक प्रहरी निरिक्षककटुवालले बताए अनुसार विद्यार्थीहरुलाई पनि सामुदायिक सुरक्षामा कसरी सक्रिय रहने भन्ने बारेमा जानकारी होस् भन्ने हाम्रो उदेश्यले २ घन्टा सडकमा अभियान मार्फत जानकारी गराउने काम भइरहेको बताएका हुन । उनले भने शहरको यातायात ब्यवस्थापन प्राणीमा विद्यार्थीहरुलाई पनि जानकारी होस् भनेर घन्टाघर ,पावरहाउस चौक,बस पार्क लगायत स्थानहरूमा परिचालन गरिएको ट्राफिक प्रहरी निरिक्षक कटुवालले बताएका छन् ।
विद्यार्थीहरु नै भोलिका देशका कर्णधार भएकाले उनीहरू विभिन्न क्षेत्रमा जागिर खाने क्रममा ट्राफिक नियमकानुनको बारेमा अवगत गराउन धेरै सहयोग पुग्ने ट्राफिक प्रहरी निरिक्षक कटुवालले बताए ।युवा पुस्ताका सुरक्षा चेतना र नेतृत्वमा कसरी विकास गर्नुपर्छ भन्ने बारेमा जानकारी होस् भन्ने हाम्रो अभियान रहेकोले मधेस विश्व बिधालयका विद्यार्थीहरुलाई मंगलबारदेखि हरेक २ घन्टा ट्राफिक ब्यवस्थापनमा परिचालन गरिने बताए।
त्यसैगरी मधेस विश्व बिधालयका रजिस्ट्रार बिजय कुमार यादवले बताए अनुसार आफ्नो कलेजले कानुन र प्रशासनको बारेमा पढ्नुको साथै ब्यवहारीक ज्ञानको पनि खाचो हुने भएकोले मधेस विश्व बिधालयले यो अवधारणा ल्याएको बताएका छन् ।उनले भने किताबको ज्ञान मात्र अपुग हुने भएकोले सडकमै गएर आफ्नो ज्ञान ब्यवहारमा उर्तान जरुरी रहेको बताएका हुन ।मधेस विश्व बिधालयले अहिले निजी कलेजहरु भन्दा फरक ढंगले अध्ययन गर्न खोजिरहेको रजिस्ट्रार यादवको भनाइ रहेको छ।

प्रतिक्रिया