Menu

आजको मौसम

एमाले पार्टी सिद्धान्तबाट भड्कियो भन्दै अकलेश साहसहित तिन नेताको पार्टी परित्याग

Author
Bhagwan kurmi |
March 11, 2026
Featured


पर्सा —
नेकपा (एमाले) पर्सा जिल्ला संगठनभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको अवस्थामा पार्टीले फेरि ठूलो झट्का व्यहोरेको छ। पकहाॅंमैनपुर गाउँपालिका कमिटी अध्यक्ष तथा अखिल नेपाल पिछडावर्ग (OBC) महासंघका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज अकलेश कुमार साहले पार्टीभित्र नातावाद, कृपावाद र आर्थिक चलखेल मौलाएको आरोप लगाउँदै पार्टी परित्याग गरेका छन।

युवा नेता साहले बुधबार एक आक्रामक विज्ञप्ति जारी गर्दै वि.सं. २०७० सालदेखि इमानदारीपूर्वक पार्टीमा सक्रिय रहँदै विभिन्न जिम्मेवारी सम्हालेको स्मरण गराउँदै अहिले पार्टीभित्र विधि, पद्धति र सिद्धान्तभन्दा माथि व्यक्तिवाद र गुटगत स्वार्थ हावी भएको बताएका छन।

साहले सच्चा कार्यकर्ताको त्याग र योगदानलाई बेवास्ता गर्दै सीमित व्यक्तिको स्वार्थअनुसार संगठन सञ्चालन भइरहेको आरोप लगाएका छन। “निर्णय प्रक्रियामा पारदर्शिता छैन, संगठनलाई व्यक्तिगत स्वार्थको साधन बनाउने प्रवृत्ति बढेको छ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन।

उनका अनुसार यस्तो विकृत र अपारदर्शी अभ्यासलाई मौन समर्थन गरेर बस्नु आफ्नो राजनीतिक सिद्धान्त, नैतिकता र आत्मसम्मानसँग मेल नखाने भएकाले पार्टी छोड्ने कठोर निर्णय गर्नुपरेको हो।

अकलेश साहसँगै पकहा मैनपुर गाउँपालिका कमिटीका सचिव राजेश सहनी र एमाले पर्सा जिल्ला कमिटी सदस्य प्रमोद पटेलले पनि सामूहिक रूपमा पार्टी परित्याग गरेका छन। उनीहरूले आजकै मितिदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेका छन।

ती नेताहरूले आगामी दिनमा सत्य, पारदर्शिता, सामाजिक न्याय र जनताको हितका पक्षमा दृढतापूर्वक उभिँदै सामाजिक तथा राजनीतिक रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन।

एमाले पर्साभित्र पछिल्लो समय देखिएको गुटबन्दी र असन्तुष्टिका बीच प्रभावशाली स्थानीय नेताहरूको सामूहिक पार्टी परित्यागले जिल्ला संगठनभित्र थप हलचल मच्चाएको छ। राजनीतिक वृत्तमा यसलाई एमाले पर्साको संगठनात्मक संकटको संकेतका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3