पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको कार्यशैलीले जनताको जीवनमा चुनौती थपेको छ । पालिकामा आवश्यक बजेट नहुँदा स्थानीय विकासका कार्यक्रमहरू ठप्प छन, भने स्वास्थ्य चौकीमा औषधि अभावले स्वास्थ्य सेवामा संकट सिर्जना गरेको छ ।
पकहाँमैनपुर गाउँपालिकामा बजेट छैन, स्वास्थ्य चौकीमा औंषधी छैन,तर जनप्रतिनिधिहरु भागभण्डामा ब्यस्त रहेका कारण आम जनतालाई सास्ती भोग्नु परेको देखिएको छ । पालिकामा रहेको स्वास्थ्य चौकीमा दैनिक बिरामीहरूको उपचारका लागि आधारभूत औषधि र स्वास्थ्य सामग्री नहुँदा समस्या झन झन गम्भीर भइरहेको छ,भने गर्भवती महिलाहरू, वृद्धवृद्धा र बच्चाहरू सर्वाधिक प्रभावित भएका छन ।
जनप्रतिनिधिहरू आफ्नै राजनीतिक भागबण्डा र आन्तरिक छलफलमा व्यस्त भएका कारण गाउँ विकासका महत्वपूर्ण निर्णयमा ढिलाइ भइरहेको देखिएको छ । पालिका प्रमुख सुरेश मेहताको दादागिरी र व्यक्तिगत स्वार्थको कारण परिषद् बैठकहरू अव्यवस्थित र अन्योलमा परेको स्रोतले जनाएको छ ।
पालिका प्रमुख सुरेश मेहताले एकलौटी बजेट लिन खोजेपछि परिषद आन्योलमा परेको नाम नछापने शर्तमा योजना शाखाका एकजना कर्मचारीले बताएका छन । उनले भने परिषदका लागी पटक पटक बैठक बसेपनि पालिका प्रमुख मेहताको दादागिरी र एकलौटी निर्णयले गर्दा सहमती हुननसेको जानकारी दिए ।
पालिका प्रमुख सुरेश मेहताले आफु एकलौटी बजेट लिन बैठकमा दादागिरी शैलीमा प्रस्तुत हुनेगर्छन र उनकै मनोमानीले गर्दा परिषद अन्योलमा परेको एक जना जनप्रतिनिधिले जानकारी दिएका छन । उनले पालिकाको कुल बजेटबाट छुट्टै १० करोंड र आन्तरिकबाट ५ करोंड गरि १५ करोंड बजेट एकलौटी लिन खोजेपछि परिषद लामो समय देखि अन्योलमा परेको उनले दावी गरे ।
यस्तै, प्रमुख प्रशासनिक अधिकृत देवनाथ साह पनि प्रशासनिक जिम्मेवारीभन्दा बाहिरको सेटिङ्ग र व्यक्तिगत फाइदाको लागी पालिका प्रमुखको बिचौलीयाको रुपमा प्रस्तुत भएका कारण सेवा प्रवाह ढिलाइ भएको छ र स्थानीयवासीले आवश्यकता अनुसार प्रशासनिक सहयोग पाउन नसकेको समाचार स्रोतको दावी छ ।
पकहाँ स्वास्थ्य चौकीमा औंषधीको संख्या शुन्य छ, पालिकामा समन्वय सहकार्य गर्न जति पनि खोज्दा पालिकाको जनप्रतिनिधि तथा जिम्मेवार ब्यक्तिले यस्ता ठुलाँ समस्या परेको हुदाँ कुनै किसिमको चासो नदेखाएको र औंषधी खरिद गर्न बजेटको अभाव रहेको कुरा मात्र आएको स्वास्थ्य चौकीमा कार्यरत (एमबिबिएस) डाक्टर वेदप्रकाश कुशवाहाले जानकारी दिए ।
पालिकामा आधारभूत सेवाको अभाव, प्रशासनिक ढिलाइ र राजनीतिक दादागिरीले जनतालाई सास्तीमा पारेको अवस्था स्पष्ट देखिन्छ । अब पालिकामा तत्काल बजेट उपलब्ध गराउने, औषधि आपूर्ति सुनिश्चित गर्ने र प्रशासनिक कामकाजमा पारदर्शिता ल्याउने कदम आवश्यक देखिएको छ ।
स्थानीयबासीहरूले स्वास्थ्य, शिक्षा, सडक, पानी र आधारभूत पूर्वाधारमा तत्काल सुधारको माग गरेका छन,भने पालिकामा रहेको युवा सञ्जाल र जेनजी युवा समुहले पनि पालिकामा पारदर्शिता र बजेटको उचित प्रयोग सुनिश्चित नगरेको खण्डमा विकास कार्य प्रभावित हुने र नागरिक असन्तुष्टि बढ्ने चेतावनी दिएका छन ।
यता सोमवार पनि पालिकाको बजेट बाडफाड र परिषदका लागी बैठक बसेको र सो बैठकमा पाचँ वटै वडा अध्यक्षहरुलाई ९५÷९५ लाख बजेट दिएपछि पालिका प्रमुख सुरेश मेहता र उपप्रमुख शफुनेसा खातुनले पालिकाको कुल बजेट र आन्तरिकबाट आफु चाहे अनुसारको बजेट लिन सक्ने कुरामा सहमती हुने सम्भावना देखिएको थियो, तर अहिले सम्म परिषद हुने कि नहुने बिषयमा पालिकाबाट कुनै अधिकारी सुचना नआए पछि परिषद अन्योलमै रहेको भित्रि स्रोतको दावी छ ।
प्रमुख प्रशासकिय अधिकृत साह पनि सेटिङ्ग र चलखेलको नामले पर्सा जिल्लामा छुट्टै पहिचान बनाएका छन । आर्थिक अनियमितता र चलखेलमा पटक पटक बिवादको घेरामा परेका छन, तर राजनितिक पहुचको भर छुट्कारा पाउन सफल समेत भईहाछन । उनी जुनसुकै पालिकाको जिम्मेवारी लिएपनि कार्यालय आउने जाने समय उनको आफ्नै तरिकाले हुन्छ, फोन कहिल्यै पनि उठदैन भने लापत्ता जस्तै उनको कार्यशैली देखिन्छ ।
पालिकालाई पर्सा जिल्लाको नमुना गाउँपालिका बनाउन प्रतिबद्धता जनाएका प्रमुख सुरेश मेहताको पनि करतुत कम छैन उनी काम भन्दा पहिला कमिश्न लिने र आर्थिक चलखेलमा मात्र कर्मचारी नियुक्ति गर्ने प्रवृतिमा सिमित रहेको र पालिका प्रमुख मेहतालाई सजिलै सेटिङ्ग गराउने र आर्थिक अपचलनको बाटो देखाउने बिज्ञकै रुपमा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहको कार्यशैली रहेको समाचार स्रोतको दावी छ
पालिकाको बिषयमा कुनै किसिमको जानकारी लिन पालिका प्रमुख मेहतासंग बुझ्न खोज्दा कर्मचारीहरुलाई थाहा हुन्छ, मलाई यस बिषयमा केही थाहा छैन्न भने प्रतिकृय दिएर आफ्ना जिम्मेवारीबाट पन्छिने काम गर्छन र
यसैगरी पालिकाको स्वास्थ्य शाखा प्रमुख महम्द सदाम हुशेनले एकदुई दिनमा औंषधी पुर्ति गरिने जानकारी दिएका थिए ।

प्रतिक्रिया