पर्सा- कुर्मी सशक्तिकरण मञ्च पोखरीया नगर कमिटीको आयोजनामा आज छठ पर्वको शुभ अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम कुर्मी सशक्तिकरण मञ्च पोखरीया नगर कमिटीका अध्यक्ष श्री प्रमान्नद प्रसाद कुर्मी ज्युको अध्यक्षता तथा मञ्चका संस्थापक अध्यक्ष सदान्नद प्रसाद कुर्मीको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै कुर्मी सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मीले छठ पर्वलाई सभ्य, मर्यादित र आत्मीयतापूर्वक मनाउन सबैमा आग्रह गरेका छन। उनले छठ पर्वलाई समाजमा एकता, भाईचारा र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा स्वीकार गर्दै यसको मूल भावनालाई जोगाउँदै मनाउनुपर्नेमा जोड दिए । उनले भने, “छठ पर्व केवल धार्मिक अनुष्ठान होइन, यो आत्म–शुद्धि र सामाजिक सद्भावको प्रतीक हो, त्यसैले सभ्य तरिकाले मनाउनु हाम्रो कर्तव्य रहेको बताए।
उनले यस अवसरमा सार्वजनिक स्थलहरूमा स्वच्छता, सरसफाइ र व्यवस्थापनमा सहयोग पुर्याउन पनि सबैमा अनुरोध गर्दै स्थानीय प्रशासन र सरोकारवाला निकायलाई पर्व शान्तिपूर्ण र सुरक्षित बनाउन सहयोग गर्न आग्रह समेत गरेका थिए।
बैरिया चौक स्थित सम्पन्न शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष विशेस्वर प्रसाद कुर्मी, जिल्ला अध्यक्ष दिपक प्रसाद कुर्मी, कोषाध्यक्ष राजेश प्रसाद कुर्मी लगायत नगर कमिटीका पदाधिकारी, सदस्य तथा स्थानीय कुर्मी स्वजातिय समाजका अगुवा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।




प्रतिक्रिया