विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पकहाँमैनपुर गाउँपालिका प्रमुख मेहताको करतुतका कारण विवाद चरमसिमा लिदैं, वडा अध्यक्ष चौहानलाई ज्यान मार्ने धम्की

580


पर्साको पकहाँमैनपुर गाउँपालिकाका प्रमुख सुरेश मेहताको मनोमानी र एकलौटी निर्णयले गर्दा अहिले बिवाद चरमसिमा लिएको सामाचार प्राप्त भएको छ । प्रमुख मेहताको व्यक्तिगत स्वार्थ र मनपरी निर्णयका कारण पालिकामा स्थानीय युवाहरुले ताला बन्दी गरेका छन,भने पालिकाको कामकाज थप्प भएको सामाचार प्राप्त हुन आएको हो । पालिकामा रहेको एक्साभेटर (जेसिबी) मेशिनको कुरा लिएर उत्पन भएको बिवादले गर्दा आईतवार पालिकामा ताला बन्दी गरिएको थियो । 

हिन्दुहरुको महान तथा आस्थाको रुपमा रहेको छठ पर्व नजिकदैं गर्दा सो पर्वको तयारी खुब धुमधामका साथ गरिन्छ । पर्वको तयारी तथा छठघाट मर्मतको लागी (जेसिबी) लाने बिषयमा आईतवार पालिकामा अवस्था तनाव पुर्ण भएको थियो । 

पालिका प्रमुख मेहताले आफु चाहेको ठाउँमा मात्र (जेसिबी) चलाउने र आफ्नो मनोपरी तरिकाले मन लागे पठाउने मन लागेन भने नपठाउने प्रवृति लागु गरेपछि अहिले पालिकाको बिवाद चरमसिमा लिएको छ । 

गाउँपालिकाको सम्पुर्ण छठघाट मर्मतका लागी पालो पालो जेसिबी पठाउने काम सम्पन्न गराउने कुरा थियो, तर पालिका प्रमुख मेहताको मनोपरी निर्णयका कारणले गर्दा सो बिवाद उत्पन भएको र अहिले सम्पुर्ण जनप्रतिनिधिहरुको आलोचना सुरु भएको देखिएको छ । वडा नम्बर ३ मैनपुर जाने जेसिबीलाई रोकेर प्रमुख मेहताले वडा नम्बर ४ खेस्राहा पठाउन लागेपछि वडा नम्बर ३ का अध्यक्ष संजय चौहानसंग बिवाद भएको थियो । 

कसरी भयो बिवाद....जेसिबीका चालक मुकेश पासवानले आफु प्रमुख मेहता र नेपाली काग्रेंसका पालिका सभापति हरि चौहान बाहेक पालिकामा कसैलाई चिन्दीन्न, उहाँहरुकै मात्र आदेशको पालना गर्छु भने कुरा उठाउदैं वडा अध्यक्ष संजय चौहानलाई म तपाईलाई चिन्दीन्न को हो तपाई यस्ता अनौठो कुरा गदैं मनोमानी गर्न थालेपछि वडा अध्यक्ष चौहानले गाडी यहाँबाट जादैंन भन्दै, साचो लिए अनि जेसिबीको पुरानो चालकलाई बोलाएर काम गर्न पठाएपछि बिवाद सुरु भएको एकजना प्रत्यक्षदर्शीले बताए । यता पुरानै चालक काम गरिरहेको कुरा सुनेर आक्रोसीत पालिका प्रमुख मेहताले मैले राखेको चालक किन हटाउनु भयो, यसरी गर्न मिल्दैं, भने वडा अध्यक्ष चौहानसंग कुरा गरेका थिए । यता प्रशासन शाखाका प्रमुख संजय कुमार गुण्डा गर्दी शैलीमा काम गरिरहेका पुरानो चालक पवन माथि हातपात बल जवरजस्ती गरि गाडीको चासो तानेर काममा अवरुद्ध लगाएपछि स्थानीय युवाहरु आक्रोसीत भएर पालिका पुगे पछि अवस्था तनाव ग्रस्त भएको थियो । गाडीलाई लिएर सुरु भएको बिवादको मुख्य कारण नै आर्थिक चलखेलमा जेसिबी चालक नियुक्तिले भएको स्रोतले जनाएको छ । पालिकामा प्रमुख मेहताको बिरोध गर्दै पुगेका युवाहरुले चालक नियुक्ति बदर गरि पुरानै चालक राख्नु पर्ने र यस घटनाको निश्पक्ष छानबिन गरि दोषीलाई कारवाहीको दायरामा ल्याउने मांग राखेका थिए सोही मांग पुरा गर्न र समस्या समाधानका लागी सहमतीमा आउदो ९ गते सम्म अल्टिमेटम दिंदै युवाहरले पालिकामा ताला बन्दी गरेका छन । 

पालिकामा अनियमितता र आर्थिक चलखेलको आरोप पटकपटक लागदैं आएका पालिका प्रमुख मेहताको मनोमानी दिनप्रति दिन बढदैं गरेको देखिएको छ । एउटा सानोे जेसिबीको कुरामा उत्पन भएको बिवादले वडा अध्यक्ष जस्ता गरिमामय पद तथा जनताको मतबाट जितेर आएका जनप्रतिनिधिलाई धम्की दिने घटना अहिले निके चर्चाको बिषय बनेको छ । 

(जेसिबी)को बिवादलाई अर्कै मुद्दा बनाएर पालिका प्रमुख मेहताले स्थानीय तहमा भ्रम पैदा गरिरहेका छन, भने आफुलाई मार्ने खुल्याम धम्की समेत दिएको वडा अध्यक्ष संजय चौहानले स्वयम बताएका छन । उनले भने प्रमुख मेहताले सानो बिवादलाई आफ्ना राजनितिक रोटी सेक्न स्थानीय तहमा अर्कै हावा चलाएका छन, भने तिमिलाई छोर्दिन, धेरै महंगो पर्छ, तिमिलाई मार्ने छु भने सिधा धम्की दिईरहेको बताए । उनले यस घटना बारे आफुले प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराईसकेको बताएका छन ।  

पालिका प्रमुख मेहताको करतुत कम छैन्न प्रमुख मेहताको एकलौटी निर्णयका कारणले गर्दा अहिले पनि गाउँ सभा सम्पन्न भएको छैन, भने अन्योलमा रहेको गाउँ सभाबाट बजेट पारित हुन सकेको छैन । प्रमुख मेहताले ब्यक्तिगत मात्र १५ करोडको बजेट लिने एकलौटी निर्णय गर्न दवाव दिएपछि गाउँ सभा अहिले सम्म अन्योलमा रहेको नाम नछापने शर्तमा पालिकाका एक जना कर्मचारीले बताए । उनले भने गाउँ सभा बारम्बार स्थगीत हुनुको कारण नै पालिका प्रमुख मेहता हुन उनी आफु खुशी बजेट पारित गर्न धाकधम्की तथा हैकमवादी गर्छन, सोही कारणले गाउँ सभा अहिले सम्म अन्योलमा रहेको बताए । 

बिकास र सुशासनमा पालिकालाई पर्सा जिल्लाको नमुना गाउँपालिका बनाउने प्रतिबद्धता जानएका प्रमुख मेहताले आफ्नै करतुतका कारण अहिले पालिकालाई भ्रष्टचार र अनियमितामा नमुना बनाएका छन । उनी पालिकामा काम भन्दा पहिला कमिश्न लिने, पालिकामा आफ्ना आसेपासेलाई पैसाको भरमा नियुक्ति दिने र बिना कमिश्नको कुनै काम नदिने प्रवृतिमा चर्चित रहेका छन । भने कमिश्नको चलखेलका कारण पालिका प्रमुख मेहता सुरु देखी नै बिवादमा तानिदै आएका प्रमुख मेशताले  अहिले जेसिबी चालकको नियुक्ति पनि आर्थिक चलखेलमा गरिएको स्रोतले जनाएको छ । पालिका प्रमुख मेहता र नेपाली कांग्रेसका पालिका सभापति हरि चौहानको सेटिङ्गमा ३ लाख ५० हजार नजराना बुझि मौखीक रुपमा जवरजस्ती चालकमा मुकेश पासवानलाई नियुक्ति गरिएको नाम नछापने शर्तमा उच्च स्तरका एक जना कर्मचारीले जानकारी दिएका हुन । उनले २ लाख २५ हजार पेसकीको रुपमा बुझि सकेको र नियुक्ति पत्र दिने बेला बाकी पैसा पाउने सेटिङ्ग भएको जानकारी दिए । 

पालिकामा गाउँ सभा देखि बिभिन्न बिवादको कारण नै प्रमुख मेहता हुन र उनलाई उक्साउने नेपाली कांग्रेसका पालिका स्थरिय सभापति हरि चौहान रहेको बुझिएको छ । सभापति चौहानले पालिकाको अनियमिता र भ्रष्टचारमा पालिका प्रमुख मेहताको लागी गुरु जस्तै भुमिका निभाउदैं गरेका छन, भने हरि चौहानको आदेश बिना प्रमुख मेहता हिलडुल समेत गर्दैन, उनले जे बोले त्यही कुरा गर्ने उनके ईसारामा प्रमुख मेहताले पालिकालाई चलाउने गरेको समेत स्रोतको दावी । 

जबकि हरि चौहान भन्ने ब्यक्ति पालिकाको कुनै पनि निकायमा सरोकार राख्दैनन्, सरोकार नै नरहेका ब्यक्तिसंग कुरा गर्नु, आदेश मान्नु पालिका प्रमुख आफैमा गैरजिम्मेवार रहेको समेत पुष्टि हुन्छ । हरि चौहान भन्ने ब्यक्ति नेपाली कांग्रेसका पालिका स्तरिय नेता हुन र एउटा राजनितिक गरिरहेका ब्यक्तिको कुरामा लागेर पालिका प्रमुख जस्ता जिम्मेवार ब्यक्तिले काम गरिरहेको देखेर  राजनितिक छत्रछायामा नै पालिका चलिरहेको समेत पुष्टि हुन्छ । 

प्रमुख मेहताले बैठकमा मनोपरी निर्णय लिनु र कार्यपालिकाका कामकाज सञ्चालन गर्नुमा हस्तक्षेप बढ्दै गएपछि स्थानीय जनप्रतिनिधि र नागरिकहरू असन्तुष्टी बढेको छ । पालिकामा प्रमुख मेहता एकलै बसिरहेका छन, भने अर्का तिर उप प्रमुख सहित पाचैं वटा वडाअध्यक्षहरु छन । 

यता युवाहरुले माग पुरा नगरे प्रमुख मेहता र प्रशासनप्रति कडा कदम चाल्ने चेतावनी दिएका छन,भने स्थानीयले प्रमुखको मनोमानी निर्णय र प्रशासनिक असंवेदनशीलतालाई लोकतान्त्रिक शासनका लागि चुनौतीको रूपमा लिइरहेका छन । स्थानीय युवाहरू तत्काल सुधार र पारदर्शी प्रशासनको माग गर्दै आईतवार पालिकामा बिरोद्ध प्रदर्शन गरेका थिए ।

यस बिषयमा पालिका प्रमुख मेहता र प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहसंग बुझ्न खोज्दा फोन लागेन । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,504,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,565,विचार,32,विज्ञान प्रविधि,26,विश्व,78,समाचार,504,स्थानीय समाचार,299,स्वास्थ्य,44,हाइलाइट,139,
ltr
item
ekrantikhabar: पकहाँमैनपुर गाउँपालिका प्रमुख मेहताको करतुतका कारण विवाद चरमसिमा लिदैं, वडा अध्यक्ष चौहानलाई ज्यान मार्ने धम्की
पकहाँमैनपुर गाउँपालिका प्रमुख मेहताको करतुतका कारण विवाद चरमसिमा लिदैं, वडा अध्यक्ष चौहानलाई ज्यान मार्ने धम्की
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh8cp8ssQcdnoirl6GixLulAfsseGoDw_ty9Gel_t8RVcJuuasGRf1YespQjUTfOcBfM9xxudnzoeZjnWLpOZnx4eBMcXavgoevV-NL9Hye7LyUTZSQuu37aAJsEApfhnOEGqKiCecbAycZqF4ITa0dpAJ7SDHTgMUj3curVUVaLxwGuNLsXBlz3Z1bWKqt/s320/77c04f38-c9f9-4ff8-bcc6-898638db73ca.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh8cp8ssQcdnoirl6GixLulAfsseGoDw_ty9Gel_t8RVcJuuasGRf1YespQjUTfOcBfM9xxudnzoeZjnWLpOZnx4eBMcXavgoevV-NL9Hye7LyUTZSQuu37aAJsEApfhnOEGqKiCecbAycZqF4ITa0dpAJ7SDHTgMUj3curVUVaLxwGuNLsXBlz3Z1bWKqt/s72-c/77c04f38-c9f9-4ff8-bcc6-898638db73ca.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/10/blog-post_52.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/10/blog-post_52.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content