अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। बीपी राजमार्गअन्तर्गत काभ्रे जिल्लाभित्र चौकीडाँडा, चारसयबेसी, डालाबेसी, बिरुवाडाँडा, बोक्सीकुना, नार्के लगायत स्थानहरूमा पहिरो तथा लेदो खसेर दुईतर्फी रूपमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ठाउँ ठाउँको अवरोध हटाई सडक सञ्चालन गर्न समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई अनुरोध गरिएको छ ।
पहिरो खसेका स्थानहरूमा पहिरो हटाउने काम गरिरहेको भए पनि पानी निरन्तर परिरहेको कारण समस्या भएको सडक विभागले जनाएको छ ।
प्रहरीका अनुसार ६/७ स्थानमा राजमार्ग अवरुद्ध रहेको र पानी कम भए छिट्टै खुलाउन सकिने छ, भने बीपी राजमार्ग हुँदै पूर्वतर्फ जाने सवारी धुलिखेल र काभ्रे भञ्ज्याङमै रोकिएका छन् र सिन्धुली हुँदै धुलिखेलतर्फ आउने सवारी नेपालथोक र मंगलटारमा रोकिएको हो ।

प्रतिक्रिया