काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर नयाँ बिन्दुमा पुगेको हो। नेपाल सुन/चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख १७ हजार १०० कायम भएको छ। सोमबार प्रतितोला सुनको मूल्य २ लाख १५ हजार २०० पुगेको थियो।
यसैगरी चाँदी २० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ। आज चाँदी २ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया