$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

एमाले अध्यक्ष छाड्न केपी ओलीमाथि दबाब

580


भदौ २३ – २४ गतेको जेन–जी नेतृत्वको विद्रोहले सत्ताको नेतृत्व गरिरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बहिर्गमित हुन बाध्य बनायो। उनी अहिले पनि सेनाको सुरक्षा घेराभित्र छन्। उनी कहिले घेरामुक्त भएर पार्टी काममा फर्कन्छन्रु एमाले नेता–कार्यकर्ता अन्योलमा छन्।

पार्टी नेतृत्व सिधा सम्पर्कमा नहुँदा एमालेको नेता–कार्यकर्ताको पंक्तिको मनोबल खस्किएको छ। केन्द्रीय मुख्यालयसहित देशका धेरैजसो ठाउँमा पार्टी कार्यालय जलाइएका छन्। नेता–कार्यकर्ता र जनप्रतिनिधि तहका वडाध्यक्षसम्मका घर जलेका छन्। आफ्नै भग्न घरमुनि उभिएका एमालेजनहरूले यतिबेला अभिभावकविहीनजस्तै महसुस गरेका छन्।

यद्यपि पार्टी महासचिव शंकर पोखरेलले नेता–कार्यकर्तासँग भर्चुअल संवाद सुरू गरेका छन्।

उनले आइतबार प्रदेश अध्यक्ष र उपलब्ध जिल्ला अध्यक्षसँग संवाद गरे र ढाडस दिने काम गरे। आफ्ना क्षति भएका चल–अचल सम्पत्ति अवशेष तुरून्तै पन्छाउनेभन्दा पनि सरकारी अभिलेखमा रहने गरी मुचुल्का उठाएर मात्रै सरसफाइमा लाग्न आग्रह गरे।

त्यसो त भर्चुअल संवादकै क्रममा उनले नेतृत्वमाथि आलोचना नगर्न पनि आग्रह गरेका थिए। जेन–जी विद्रोहको समीक्षा हुन बाँकी रहेकाले र असहज परिस्थितिमा नेतृत्वको आलोचना गर्न नहुने उनको आशय रहेको एक नेताले बताए।

जेन–जी विद्रोहको रापताप नसेलाइसकेकै अवस्थामा हामीले एमालेका एक दर्जनबढी नेता–कार्यकर्तासँग कुरा गरेका थियौं।

उनीहरू सबैले अब पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी आन्दोलन उठाउनै नसक्ने बताए। कुराकानी गरेकामध्ये धेरैले अहिले नै सार्वजनिक रूपमा भन्न नचाहेको पनि धारणा राखे।

‘नेतृत्व सुरक्षा घेराभित्र हुनुहुन्छ। बाहिर चर्को रूपमा उहाँविरूद्ध नाराबाजी भइरहेको छ। उहाँकै घर जलेको छ। श्रीसम्पत्ति स्वाहा भएका बेला पार्टी अध्यक्ष छाडिहाल भन्नु मानवीय कुरा होइन, तर हामी अब उहाँबाट चल्दैन भन्ने निष्कर्षमा पुगिसकेका छौं, जेन–जी विद्रोह हाम्रो नेतृत्व बदल्ने परिघटना पनि बन्छ,’ एक पदाधिकारीले सेतोपाटीसँग भने।

उनका अनुसार पदाधिकारी तहका अधिकांश नेताको घर तोडफोड, आगजनी भएको छ। एमालेका कुनै पनि नेताले शीर ठाडो गरेर हिँड्ने अवस्था नभएकाले मनोबल खस्किएको र यसबाट बाहिर आउन केही समय लाग्ने बताए। त्यसपछि पार्टी पुनर्गठनको मुद्दा सघन हुने पनि बताए।

केहीले सार्वजनिक रूपमै धारणा राखिसकेका छन्।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २४ गते नै राजीनामाको माग गरेका थिए। भदौ २३ गते बानेश्वर क्षेत्रमा ठूलो मानवीय क्षति भएकाले त्यसको नैतिक जिम्मेवारी लिँदै तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उनको धारणा थियो। भदौ २४ गते बिहान १० बजेतिरै उनले यस्तो बताएका थिए। यद्यपि त्यसबेला नै उनको घर जलिसकेको थियो। राज्यविहीनतका अवस्था सिर्जना भइसकेकाले ओली प्रधानमन्त्रीका रूपमा पदमा बस्ने नैतिकता सकिइसकेको बताएका थिए।

त्यतिबेला उनले पार्टी अध्यक्षबाट पनि राजीनामा दिनुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री ओलीले २ बजे राजीनामा दिए। तर स्थिति साम्य भएन। सुरक्षाकर्मी नै हारमान्नु भए। प्रदर्शनकारीले सरकारका तीनै अंग कब्जा गरे। देशको प्रशासनिक केन्द्र मात्रै होइन राष्ट्रपति र प्रधानमन्त्री निवास नै खाक बन्न पुग्यो।

यो घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने र पार्टी पुनर्गठन हुनुपर्ने उपाध्यक्ष युवराज ज्ञवालीले बताए।

‘हेर्नुस् म पनि अहिले तनाव र भयको वातावरणमा छु। मेरो घर तोडफोड भयो तर छिमेकीको सुझबुझ र सद्भावले घर जल्नबाट जोगिएको छ। त्यो दिन छिमेकीको घरमा शरण लिएर आफूलाई सुरक्षित राखेँ। मैले अध्ययन गर्ने घरको माथिल्लो तलाको पुस्तकालयमा पटकपटक आगो झोसिसकेका रहेछन्, भाइभतिजाहरूले निभाइदिनुभयो,’ उनले भने, ‘नेपालको इतिहासमै नभएको लुटपाट, आगजनी हामीले राज्य सञ्चालनको जिम्मा लिइरहेका बेला भयो। हामीले व्यक्तिको जीवन, धनसम्पत्ति केहीको पनि रक्षा गर्न सकेनौं। यसको जिम्मा लिनैपर्छ।’

उनले पार्टी पुनर्गठनको अध्यायका रूपमा यसलाई लिनुपर्ने धारण राखे। विचार, सिद्धान्त, दृष्टिकोण मात्रै सही भएर नहुने कार्यशैली पनि ठीक हुनुपर्ने भनेर जनताले सिकाएको सबकका रूपमा यसलाई बुझ्नुपर्ने पनि बताए।

‘नेपाली समाजमा असन्तुष्टि पहिल्यैदेखि थियो। भ्रष्टाचार, बेथितिले अन्तरविरोध बढिइरहेको थियो। सामाजिक सञ्जाल बन्दले विस्फोट हुनपुग्यो,’ उनले भने, ‘अतः हामीले पार्टीलाई पुनर्गठन गर्नैपर्छ।’

सचिवालय, स्थायी कमिटी तहमा अहिले कुनै पनि छलफल नभएको उनले बताए।

‘अध्यक्ष सेनाको सुरक्षा घेराभित्र हुनुहुन्छ। उहाँले कार्यवाहक तोकेको पनि छैन। त्यसकारण छलफल हुन पाएको छैन। अब हामीले छलफल र आफूलाई रूपान्तरण गर्नैपर्छ,’ उनले भने।

सचिव योगेश भट्टराईले पार्टी आन्दोलनको पुनर्गठनको खाँचो औंल्याएका छन्।

‘विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौं। हामीबाट भएका कमजोरीको समीक्षा गरौं। गल्तीप्रति आत्मालोचित होऔं। पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं। यो काम होशियारीपूर्वक गरौं। जसले हाम्रो पार्टी एकता कायम गरोस्,’ उनले भनेका  छन्।

त्यस्तै उनले पार्टीमा आमसदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गर्नुपर्ने खाँचो औंल्याएका छन्।

‘पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔं। जनतामा जाऔं। जनतालाई सुनौं। र, त्यसअनुसार निर्णय गरौं,’ उनले यो पनि भनेका छन्।

यी कतिपय संस्थापनइतरका आवाज हुन्। हामीले संस्थापन पक्षका केही नेताहरूसँग पनि कुरा गरेका छौं।

संस्थापन पक्षकै भनेर चिनिएका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले पनि पार्टी पुनर्गठनको माग गरेका छन्।

‘अरू क्षति रोक्न जे भयो, भयो। हैन किन भयोरु कसरी भयोरु र अब के कसरी, कहिले गर्नेरु छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं,’ उनले भने, ‘अप्रिय लाग्ला तर सत्य यही हो कि दलबिना गणतन्त्र बाँच्दैन। र गणतन्तत्रबिना समाज। समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ। सबै तयार हुनै पर्छ।’

उनीहरूमध्ये केहीले अध्यक्ष ओलीको नेतृत्वमा चुनावमा जान नसकिने बताए। त्यसो त उनीहरूले फागुनमा चुनाव भइहाल्नेमा विश्वस्त हुन सकेका छैनन्। पार्टीका अधिकांश नेता–कार्यकर्ता लयमा फर्कन नसकेकाले र फर्कन अझै कति समय लाग्ने हो भनेर यकिन नभएकाले पनि उनीहरूले यस्तो अन्यौल व्यक्त गरेका हुन्।

तथापि जहिले चुनाव भए पनि उनीहरूले अब ओलीलाई अध्यक्ष मान्न नसकिने धारणा राखेका हुन्।

‘फागुनमा चुनाव हुन कठिन छ। चुनाव नै भइहालेमा अहिलेका आन्दोलनकारी शक्तिको बहुमत आउने सम्भावनालाई नकार्न सकिँदैन,’ एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘अहिलेको असन्तुष्टिको मूल जड केपी ओली नै भएको आन्दोलनकारीको कुरा छ। उनीहरूले अहिलेको सबैको क्षतिको कारक ओलीलाई नै ठहर्‍याइहाल्छन्, ओलीलाई नै अघि सार्दा हाम्रो एक सिट पनि आउँदैन। त्यसकारण नेतृत्व फेर्नुपर्छ।’

केपी ओलीको प्रधानमन्त्रीबाट बहिर्गमन तीनै पटक सुखद् रहेन। पहिलो पटक ९ २०७३ साउन ९० उनीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएपछि राजीनामा दिएर हटेका थिए। दोस्रोपटक परमादेशमार्फत् हटाइएका ओलीलाई पछिल्लोपटक जेन–जी विद्रोहले उखेलिदियो।

दोस्रोपटक विधान महाधिवेशन (२०८२ भदौ २०–२२) मार्फत् पार्टीमा आफूलाई निर्विकल्पजस्तै बनाएका ओलीलाई जेन–जी विद्रोहले नै पार्टी सत्ताबाट पनि हटाउने स्थिति बनेको छ। 

SETO KHABAR

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,655,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,701,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: एमाले अध्यक्ष छाड्न केपी ओलीमाथि दबाब
एमाले अध्यक्ष छाड्न केपी ओलीमाथि दबाब
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiczvuthgSeVSADgztpKuWYPijVYOQUaM-5h4A8HpyiUEZaPm5wUtC6BnWcLVK0kiNZMhRuBZJXLNwyQpXILOw7qO7jW2d-VeILELv9BKzMlEuBv_Fzic0spGOxmtlg9gXH1iU-L9WI77QTQzR3SuVZGIjGSd3w0Xy4_XbYSXsmvrZfN-j95AmPO_6f1ecE/s1600/kp%20oli.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiczvuthgSeVSADgztpKuWYPijVYOQUaM-5h4A8HpyiUEZaPm5wUtC6BnWcLVK0kiNZMhRuBZJXLNwyQpXILOw7qO7jW2d-VeILELv9BKzMlEuBv_Fzic0spGOxmtlg9gXH1iU-L9WI77QTQzR3SuVZGIjGSd3w0Xy4_XbYSXsmvrZfN-j95AmPO_6f1ecE/s72-c/kp%20oli.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_26.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_26.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content