Menu

आजको मौसम

संविधानकै परिधिमा सरकार बनोस,सुझबुझले मुलुकलाई नयाँ दिशा दिनुपर्छ:रुपेश पाण्डे

Author
Bhagwan kurmi |
September 12, 2025
Featured


पर्सा क्षेत्र नम्बर ३ का युवा नेता रुपेश पाण्डेले संविधानको परिधिभित्र रहेर सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । जेनजी आन्दोलना क्रममा देशभर भएका जननो क्षति लगायतका दुखद घटनाप्रति चिन्ता व्यक्त गर्दै पाण्डेले यस्तो बताएका हुन् । 

विषम परिस्थिति रहेको भन्दै उनले अहिले संविधान र नेपाललाई जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताए।

संसद् भवन,सिंहदरबार,राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायत अधिकांश भवनहरू जलेका छन् । यतिमात्र नभएर निजी भवन, सुपरमार्केट  उद्योगहरू पनि जलेका छन् । यस्तो अवस्थामा सुझबुझपूर्ण तरिकाले निर्णय लिएर मुलुकलाई नयाँ दिशा दिनुपर्छ, उनले भने । 

उनले संविधान अनुसार नयाँ सरकार बनाउनुपर्नेमा जोड दिए। अन्तरिम सरकार बनाउने तयारी भइरहेको छ, यसलाई संविधान अनुसार नै अगाडि बढाउनुपर्छ, उनले भने । 

पछिल्लो समय राजनीतिक दल र दलका नेताहरूले नागरिकमा उत्साह जगाउने काम गर्न नसक्दा विषम परिस्थिति निम्तिएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3