विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

वीरगञ्जमा हैजाको प्रकोप, मन्त्री यादव एक्सनमा, ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने

580


वीरगञ्ज-
खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

सोही आशंकाका आधारमा हैजाको संक्रमण देखिएका ११ ठाउँबाट पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ ।

हैजा प्रभावित क्षेत्रमा खटिएका खानेपानी मन्त्री प्रदीप यादवले भने, ‘खानेपानीको पाइपमा दूषित पानी मिसिएको हुन सक्छ । जसका कारण वीरगञ्जका स्थानीयमा हैजाको प्रकोप देखापरेको हुन सक्छ । ’उनले थपे, ‘सोही आशंकाका आधारमा खानेपानी विभागको टोलीले प्रभावित क्षेत्रबाट नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाएको छ । नमुनाको रिपोर्ट आज आउँछ होला । त्यसपछि मात्रै यसबारे यकिन साथ भन्न सकिन्छ । ’हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा  दुई दिन सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द गरिएको हो ।

विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत  विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।

ठाकुरका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण फेला परेको हो ।

शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलका स्थानीयमा हैजाको  संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिकाका चार वडासम्म हैजाको संक्रमण फैलिएको उनले बताए ।

ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको बताए । भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ । यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने उनले बताए ।

ठाकुरले अनलाइनखबरसँग भने, ‘हैजाको लक्षण देखिएका दुई जना बिरामीको मृत्यु भएको छ । एक जना पोखरिया नगरपालिका–९ की महिला र वीरगञ्ज महानगरपालिका–१२ का पुरुष बिरामीको मृत्यु भएको हो । उनीहरूको परिवारले दिएको जानकारी अनुसार उनीहरूमा झाडापखलाको लक्षण थियो । तर हैजाकै कारण उनीहरूको मृत्यु भएको भनेर भन्न सकिँदैन ।’

ठाकुर भन्छन्, ‘२८ साउनमा मुरली क्षेत्रका स्थानीयमा फाट्फुट्ट झाडापखला लक्षण भएका बिरामी देखा परेका थिए । विस्तारै यो संख्या बढ्दै गयो । झाडापखला देखिएका व्यक्तिहरूको आरडीटी परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भयो । यो संख्या शनिबार राति अबेरसम्म आइपुग्दा ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो महामारीको रूप नै हो ।’हैजाको संक्रमण देखिएका ११ ठाउँका पानीका नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको उनले बताए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,69,प्रमुख समाचार,421,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,467,विचार,30,विज्ञान प्रविधि,26,विश्व,70,समाचार,456,स्थानीय समाचार,277,स्वास्थ्य,40,हाइलाइट,105,
ltr
item
ekrantikhabar: वीरगञ्जमा हैजाको प्रकोप, मन्त्री यादव एक्सनमा, ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने
वीरगञ्जमा हैजाको प्रकोप, मन्त्री यादव एक्सनमा, ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJoFh9G0s_pjhIy-Sj2IJEasHFCyXTOuA-rCZzsh_WiXzxWdtn7_YOU_bR4iRTllnuZJhXRi54uhYnoL6znrb71SvLLq87wuxGEvZ3mX6emHjSozh-wA1f4fJuLIgQRARTIy4rP55tqCVxXVtRnYHiuYGSKbF1dv6OV31W3S08k5wj2N34-i4pghuirFm-/s320/pani-parikshn-van-Birgunj.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJoFh9G0s_pjhIy-Sj2IJEasHFCyXTOuA-rCZzsh_WiXzxWdtn7_YOU_bR4iRTllnuZJhXRi54uhYnoL6znrb71SvLLq87wuxGEvZ3mX6emHjSozh-wA1f4fJuLIgQRARTIy4rP55tqCVxXVtRnYHiuYGSKbF1dv6OV31W3S08k5wj2N34-i4pghuirFm-/s72-c/pani-parikshn-van-Birgunj.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_9.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_9.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content