काठमाडौं- पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उमेदवार कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।
शेर्पाले ३४२ र गुरुङले २८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा विजयी हुनुभएको छ । सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गर्नुभएको छ ।
सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया