वीरगञ्ज – मिनील्यान्ड सेकण्डरी स्कुलको पहलमा रोट्र्याक्ट क्लब अफ वीरगञ्जको सहयोगमा आयोजित एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा ५०० भन्दा बढी विद्यार्थीले आँखा र दन्त स्वास्थ्य परीक्षण गराएका छन्।
विशेषज्ञ चिकित्सकहरूको टोलीले दृष्टि परीक्षण, आँखा स्वास्थ्य परीक्षण, दन्त जाँच, मुख सफाइसम्बन्धी सल्लाह तथा आवश्यक परे उपचारका लागि सिफारिस पत्र समेत प्रदान गरे।
आयोजकका अनुसार, शिविरको उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्य सचेतना बढाउनु, प्रारम्भिक अवस्थामा समस्या पहिचान गर्नु, र उपचारको पहुँच सजिलो बनाउनु हो। शिविरमा विद्यार्थीहरूसँगै अभिभावक र स्थानीय बासिन्दाले पनि सेवा लिएका थिए।
रोट्र्याक्ट क्लब अफ वीरगञ्जका प्रतिनिधिहरूले यस किसिमका सामुदायिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। सहभागीहरूले शिक्षण संस्था र सामाजिक संस्थाबीचको यस सहकार्यलाई प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गरे।
प्रतिक्रिया