पर्सा- जनता समाजवादी पार्टी पर्साका नेता जिल्ला समन्वय समितिका पूर्व सभापति नेक महम्मदअन्सारीले पार्टी परित्याग गरेका छन ।
उनले आफ्नो फेसबुक पेजमा “ म नेक महमद अंसारी पुर्व सभापति जिल्ला समन्वय समिति, पर्सा आज बाट जनता समाजवादी पार्टी (अशोक राई समुह) को समपुर्ण जिम्मेबारीबाट अलग भई स्वतन्त्र भएको घोषण गरेका छन ।
मधेश आन्दोलनमा सक्रियता पूर्वक क्रियाशिल भएका अन्सारीले जिल्ला समन्वय समितिको सभापति हुदा पनि समन्वयकारी भूमिका निर्वाह गरेर आफनो क्षमता प्रर्दशन गरिसकेका ब्यक्ति हुन । उनलाई पार्टीले केन्द्रीय परिषद सदस्यको जिम्मेवारीमा राखेको छ ।
अन्सारी गतिशिल ब्यक्ति भएका कारण पार्टीको काकाजी तहमा बसेर काम गर्न चोहका थिए तर पार्टीले त्यो जिम्मेवारी नदिएपछि उनीमा निराशा बढेको र पार्टी त्याग गर्ने तहमा पुगेको उनी निकटले बताएका छन । अन्सारी अहिले स्वतन्त्र रुपमा रहने बताएका हुन ।
खानेपानी मन्त्री प्रदिप यादवका नजिकका समेत प्रात्र रहेका अन्सारीले पार्टीमा उचित भूमिका नपाएको भूमिकाकालागि प्रतिक्षा गर्दा पनि कुनै सफलता नमिले पछि पार्टी परित्याग गर्ने तहमा पुगेको उनका निकटस्थले बताएका छन ।
अंसारीको पार्टी परित्यागले पर्सा जिल्लामा जनता समाजवादी पार्टी भित्र ठुलो तंरग देखिएको छ, भने सबै भन्दा बढी हानी मन्त्री यादवलाई हुने चर्चा परिचर्चा सुरु हुन थालेको छ ।
प्रतिक्रिया