सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र श्री निधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच ऋणी सदस्यहरूलाई लक्षित गर्दै बीमा सुरक्षा योजना कार्यान्वयनको सम्झौता भएको छ।
सोमबार सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा श्री निधि सहकारीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० चन्देश्वर प्रसाद चौरसिया र सन नेपाल लाइफ इन्स्योरेन्स बीरगञ्ज शाखाका मार्केटिङ अफिसर नरेश कुमार पटेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। यस अवसरमा दुबै संस्थाका प्रतिनिधिहरूले योजनाको उद्देश्य, लाभ र भविष्यका सम्भावनाबारे छलफल गरेका थिए।
सीईओ चौरसियाका अनुसार सहकारीमार्फत १० हजारदेखि २५ लाख रुपैयाँसम्म ऋण लिने सदस्यहरूलाई अब बीमा सुरक्षाको सुविधा उपलब्ध हुनेछ। उनले भने, “यस योजनाले ऋणी सदस्यहरूलाई आकस्मिक जोखिममा सुरक्षा दिनुका साथै उनीहरूको आर्थिक स्थायित्वमा योगदान गर्नेछ। हाम्रो उद्देश्य सदस्यहरूको हितमा दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु हो।”
यस योजना भदौ ९ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको छ। सहकारीका सदस्यहरूले ऋण लिँदा अब आत्मविश्वास र मनोबलमा वृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
सम्झौता हस्ताक्षर समारोहमा सन नेपाल लाइफका एजेन्सी डेभलपमेन्ट म्यानेजर बब्लु चौरसिया र सहकारीका अन्य पदाधिकारीहरूको उपस्थिति थियो। सहभागीहरूले यस्तो सहकार्यले सदस्यहरूको हितमा दीर्घकालीन र प्रभावकारी परिणाम ल्याउने अपेक्षा व्यक्त गरे।
दुबै पक्षले यसलाई प्रारम्भिक कदमका रूपमा लिएर आगामी दिनमा अझ व्यापक र सदस्यमुखी योजनाहरू ल्याउने प्रतिबद्धता जनाएका छन्। सहकारीका अधिकारीहरूले सदस्यहरूको सुझाव, आवश्यकता र प्रतिक्रिया अनुसार योजनालाई निरन्तर परिष्कृत गर्दै अघि बढ्ने बताएका छन्।
प्रतिक्रिया