वीरगञ्ज : ‘मदिरा व्यवसायीहरुको संरक्षण, सम्बद्धता तथा उद्यमीहरुको विकास’ भन्ने मूल नाराका साथ पर्सा मदिरा व्यवसायी संघले शनिबार स्थानीय होटल वृन्दावनमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष चिनी पटेलको अध्यक्षतामा र नाडाका सदस्य संजय कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्यवसायीहरुलाई संगठित र एकरूपतामा अघि बढ्नुपर्नेमा जोड दिइयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वक्ताहरुले कुनै पनि कम्पनीले डिलरलाई बीचमै परिवर्तन गर्दा उद्योगी तथा व्यवसायीहरुले नयाँ डिलरमार्फत जिम्मेवारी बहन गर्नुपर्ने अवस्था सिर्जना हुने र बजारमा रकम संकलन गर्न कठिनाई हुने भएकाले यस्ता प्रक्रियामा समयसीमा तोक्नुपर्ने आवश्यकता औंल्याए ।
सो अवसरमा उपाध्यक्ष सन्दीप कुमार गुप्ता, सचिव रजनीश कुमार, कोषाध्यक्ष राकेश कुमार साह, सदस्यहरु मनिष प्रसाद कलवार, अनिल कुमार चापागाई, रामकुमार यादव, रञ्जित जयसवाल, सल्लाहकार कपिलेश्वर प्रसाद यादव लगायत व्यवसायीहरुको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण संघका महासचिव प्रदीप कुमार लोहारले गरेका थिए ।

प्रतिक्रिया