वीरगञ्ज– प्याब्सन महानगर कमिटी र प्याब्सन जिल्ला कार्यसमितिको समन्वयमा यो वर्ष देखि कक्षा ११ र १२ का लागि एसइइ परिक्षा दिएका विद्यार्थीहरुलाई छात्रवृत्ति घोषण कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ।
यहीँ सावन १० गते हुन लागेको परिक्षामा सहभागी हुन काठमाडौंसम्मका विद्यार्थीहरुले आवेदन दिएको र गरिव विपन्न जेहेन्दार तथा सामुदायिक बिधालयका विद्यार्थीहरुले समेत भाग लिएर आफ्नो सुनौलो अवसर प्रदान गरि मौकाको फाइदा लिन नगर अध्यक्ष श्रीवास्तवले बताएका छन् ।
सम्पूर्ण आवेदन फर्म अनलाइन मार्फत भइरहेको र अहिले पनि विद्यार्थीहरुले धमाधम फर्म भर्ना क्रममा जारी रहेको बताए । उनले भने परिक्षा फर्म भर्ने अन्तिम मिति २०८२र४र८ गते विहान १० बजेसम्म रहेको र अहिलेसम्म ४४६ जना पुगेको र बढेर ५ सय पुग्ने अनुमान गरिएको अध्यक्ष श्रीवास्तवले बताएका हुन ।
परिक्षामा भाग लिने विद्यार्थीहरुले प्रवेश पत्र पानीटंकी १० मा रहेको लिटिल बडी प्रि स्कुलबाट परिक्षा समिति सदस्य बिजय बलसंग सम्पर्क गरी लिन सक्ने र यद्यपि कसैको प्रवेश परिक्षा पत्र छुटेको खण्डमा १० वटा कलेजमा परिक्षा हुने ठाउँबाट उपलब्ध गराउने ब्यवस्थापन गरिएको नगर सचिव अमित आलोकले बताएका छन् । उनले भने छोटो समयमा सन्तोषजनक विद्यार्थीहरु सहभागी भएकोमा आगामी वर्ष यो भन्दा धेरै ब्यवस्थित तरिकाबाट गरिने र धेरै भन्दा धेरै विद्यार्थीहरु उपस्थित गराउने रणनीतिका अगाडि बढने प्रतिबद्धता रहेको सचिव अमित आलोकको भनाइ रहेको छ।
परिक्षा मर्यादित र ब्यवस्थित तरिकाले गर्ने भएकोले विद्यार्थीहरु ढुक्कसँग परिक्षा दिन आव्हान समेत गरेका छन् । परिक्षामा अंग्रेजी ,नेपाली ,गणित ,साइन्स मुख्यत यहीँबाट प्रश्न पत्र तयारी हुने र कक्षा १० बाट नै अधिकाश प्रश्नहरु रहने परिक्षा समिति सदस्य सुमित कुमार गुप्ताले बताए । पत्रकार भेटघाट कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति सदस्य शुलभ केसी ,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,नगर सचिव अमित आलोक, परिक्षा समिति सदस्य बिजय बल, अर्को सदस्य सुमित कुमार गुप्ता, प्रेस संयोजक दिपु बर्णवाल, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाइ लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया