Menu

आजको मौसम

एसीसी यू-१६ इस्ट जोन कप विजेता टोलीलाई नगद पुरस्कार दिने क्यानको घोषणा

Author
ईक्रान्तिखबर डेस्क |
July 11, 2025
Featured


काठमाडौं :
मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।

नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म मलेसियामा सम्पन्न भएको थियो।

नेपालले फाइनलमा सिंगापुरलाई हराएर उपाधि जितेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3