काठमाडौं : मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।
नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म मलेसियामा सम्पन्न भएको थियो।
नेपालले फाइनलमा सिंगापुरलाई हराएर उपाधि जितेको थियो ।
प्रतिक्रिया