Menu

आजको मौसम

नेपालले जित्यो एसिसी मेन्स यू-१६ इस्ट जोन कप

Author
ईक्रान्तिखबर डेस्क |
July 05, 2025
Featured


नेपालले सिंगापुरलाई पराजित गरी ‍एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ।

मलेसियाको युकेएम वाइएसडी ओभलमा पहिले बलिङ गरेको नेपालले सिंगापुरलाई ४०.५ ओभरमा अल आउट गर्दै ११३ रनमा समेटेको थियो। उक्त लक्ष्यलाई नेपालले २९ ओभरमै भेटाएर उपाधि जितेको हो।

नेपालले ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो। नेपालले सिंगापुरलाई दुई विकेटले पराजित गरेको हो।

नेपालका लागि जोय थापाले नटआउट २४, शिवान्स बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन बनाए।

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले तीनरतीन विकेट लिएका थिए। शुभम खनालले २ र विपिन प्रसाद शर्माले एक विकेट लिए।

नेपालको कसिलो बलिङमा सिंगापुरले पावरप्लेमै चार विकेट गुमाएको थियो।

सिंगापुरका लागि ओपनर रोहन अस्टिन अरूणले बनाएको २३ रन सर्वाधिक रह्यो। उनले ८४ बल खेलेर २ चौका मात्रै हाने।

कप्तान रियान नाइकले ११ बलमा १५ रन बनाए । आकाश तेजाले १० रन बनाउँदा वेदांश गुप्ता १२ रन बनाएर नट आउट रहे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3