विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पानीको संकट समाधान गर्न निरन्तर अनुगमनमा मन्त्री यादव, ५० भन्दा बढी स्थानमा डिप बोरिङ जडान, वीरगञ्जवासी हर्षित

580


पर्सा-
खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका पानी संकटग्रस्त क्षेत्रको अनुगमन भ्रमण गरेको तीन दिन नबित्दै ५० भन्दा बढी स्थानमा डिप बोरिङ जडानको कार्य अघि बढेको छ। मन्त्री यादवले दुईदेखि तीन दिनभित्र पानीको समस्या समाधान गर्ने प्रतिवद्धता गरे अनुसार डिप बोरिङको कार्य अघि बढाएपछि महानगरवासी हर्षित भएका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ विद्यापति टोल, वडा नं. १३ राधेमाई, वडा नं. १४ बौधीमाई, वडा नं. २१ परवानीपुर तत्वाटोल, वडा नं. २१ कोरिया टोल, वडा नं. २४ रामगढवा मनमोहन टोल लगायतका क्षेत्रमा डिप बोरिङ गरी पाइपलाइनमार्फत खानेपानी वितरणको कार्य अन्तिम चरणमा पुगेको मन्त्रीका स्वकीय सचिव हरेन्द्र साहले बताए। उनले बाँकी स्थानहरूको पनि अध्ययन र अवलोकन भइरहेको र पानी समस्या समाधानका लागि मन्त्री ज्यु गम्भीरताका साथ काम गरिरहेको जानकारी दिए।

पानीको चरम संकट भइरहेका बेला मन्त्री यादव स्वयं बस्ती बस्ती, टोल टोलमा पुगेर तत्कालै समस्या समाधान गरेपछि वीरगंजवासी खुशी हुन थालेका छन्। महानगरपालिकाको ट्र्याक्टरमार्फत पानी वितरण भइरहेको विद्यापति टोलका युवा सुनिल महतोले ूजनताको दुःखसुखमा काम लाग्ने मन्त्री प्रदीप यादव हुनुहुन्छू भन्दै सराहना गरे।

त्यस्तै, रामगढवा मनमोहन टोलकी मिरा देवी कुर्मीले मन्त्री यादव आउनुभएको तीन दिन नबित्दै डिप बोरिङको काम सुरु भएको भन्दै मन्त्रीले जनताको समस्या तत्कालै सम्बोधन गर्नु भएकोमा धन्यवाद व्यक्त गर्छुू भनिन्।

वीरगंजमा पानीको चरम संकट रहेको चर्चा गर्दै उनले सिर्सिया नदी सफा भएमा नुहाउन, गाईवस्तु नुहाउने र लुगा धुने समस्यामा सहजता हुने बताइन्। उनले नदी सफाइ अभियानमा मन्त्री, मेयर, वडा अध्यक्ष र स्थानीय महिला पुरुष सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिइन्।

खानेपानीको अभाव भएपछि मन्त्री यादवले वीरगंज महानगरपालिका क्षेत्र नं। १ र २ का विभिन्न वडाहरूमा स्थलगत अनुगमन गर्दै मंगलबार र बुधबार छलफल, अन्तरक्रिया र स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट गरेका थिए। दीर्घकालीन समस्या समाधानका लागि नीतिनिर्माण गरी ठूला परियोजना अघि बढाउने र तत्काल समाधानका लागि डिप बोरिङ, ट्यांकरलगायतका उपाय अपनाउने प्रतिबद्धता मन्त्री यादवले जनाएका थिए।

मन्त्री यादवले असार मसान्तभित्र खानेपानी संस्थानको पाइपलाइन नभएका क्षेत्रहरू पहिचान गरी १०० भन्दा बढी स्थानमा डिप बोरिङमार्फत पानी वितरणको व्यवस्था मिलाइसकेको र थप ४० देखि ५० ठाउँमा डिप बोरिङ जडानको निर्देशन दिएको जानकारी दिए। उनले पर्सा र अन्य पालिकामा समेत पानीको समस्या देखिएकाले आफू गम्भीरताका साथ काम गरिरहेको बताए।

ूकुनै पनि नेपालीलाई खानेपानीको समस्या हुन नदिने मेरो प्रतिबद्धता हो,ू मन्त्री यादवले बताए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,68,प्रमुख समाचार,367,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,424,विचार,30,विज्ञान प्रविधि,26,विश्व,64,समाचार,434,स्थानीय समाचार,264,स्वास्थ्य,38,हाइलाइट,88,
ltr
item
ekrantikhabar: पानीको संकट समाधान गर्न निरन्तर अनुगमनमा मन्त्री यादव, ५० भन्दा बढी स्थानमा डिप बोरिङ जडान, वीरगञ्जवासी हर्षित
पानीको संकट समाधान गर्न निरन्तर अनुगमनमा मन्त्री यादव, ५० भन्दा बढी स्थानमा डिप बोरिङ जडान, वीरगञ्जवासी हर्षित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgOcbG-IvX1RUNNW0QVpmgKQznrRx0XY0qEYxGYJgwQ8LrJ241FU3_WULvbX95EfyANpI8HTG82ZFlRCLYGt3oThb1-V74rSYTO1Pk_GUULMXzVf8nQJwKieY8XsQuwDuPfUSedwZAh6h7flIFGRQ3x-d75wqLZGcNrQnPEsiMru_6eYD3LTQO9oEWuO0x5/s320/1000018171-791727.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgOcbG-IvX1RUNNW0QVpmgKQznrRx0XY0qEYxGYJgwQ8LrJ241FU3_WULvbX95EfyANpI8HTG82ZFlRCLYGt3oThb1-V74rSYTO1Pk_GUULMXzVf8nQJwKieY8XsQuwDuPfUSedwZAh6h7flIFGRQ3x-d75wqLZGcNrQnPEsiMru_6eYD3LTQO9oEWuO0x5/s72-c/1000018171-791727.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_18.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_18.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content