वीरगञ्ज- नेकपा एमाले मधेश प्रदेशको बैठकले खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । शनिबार बर्दिवासको गौतम होटलमा मधेश प्रदेशको सम्पन्न चौथो बैठकले मन्त्री जयसवाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
बैठकमा एमालेका मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले मन्त्री जयसवाललाई फिर्ता बलाउन प्रस्ताव पेश गरेका थिए । यादवको प्रस्ताव उपर छलफल गर्दै बैठकले मन्त्रीलाई फिर्ता बलोउने निर्णय गरेको उपाध्यक्ष यादवले जानकारी दिए । मन्त्री जयसवालले कमिशन लिएर योजनाहरु बिक्रि गरेको, बिचौलिया मार्फत खुल्लम खुल्ला योजना दिए बापत ३ देखि ५ प्रतिशत कमिशन माँग्ने गरेको र कमिशनकै कारण ५ करोड रकम प्रिज भएको र आफना नातेदारलाई योजनाहरु दिएको आरोप लागे पछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको यादवले बताए । मन्त्रीका कारण पार्टीको ईज्ज्त प्रतिष्ठा माथि प्रश्न उठेपछि बाध्य भएर उनलाई फिर्ता बोलाउने निर्णय गरिएको बताए ।
प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा पार्टीका मधेश प्रदेश ईन्चार्ज तथा सांसद लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो । बैठकमा सांसद ज्वाला साह, जुलि महतो,प्रभु हजरा,आठ वटै जिल्लाका ईन्चार्ज लागयत कमिटीका सदस्यहरुको उपस्थिति थियो ।
प्रतिक्रिया