वीरगञ्ज महानगरपालिका वडा नं. १ बजार छपकैयास्थित दलित बस्तीमा आज निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवाकेन्द्र, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, रुँगटा वेलफेयर सोसाइटी र वीरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यता र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न शिविरमा स्थानीय २१० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरमा १३० महिला र ८० पुरुषको आँखा, कान र दाँतको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले आफ्नो संस्थाले समुदायको हितमा विभिन्न कार्य गर्दै आएको र भविष्यमा पनि यस्ता सेवामुखी कार्यक्रमलाई प्राथमिकता दिने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी वरिष्ठ नायव निरीक्षक केदार तिमिल्सेना, प्रहरी नायव निरीक्षक प्रदिप कुमार गोले, समाजसेवी कमल चौगाई, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सदस्य कैलाश बजाज, समाजसेवी लालबाबु गुप्ता, समाजसेवी श्याम प्रसाद साह, प्रहरी वरिष्ठ हवल्दार प्रेम राम र प्रहरी सहायक हवल्दार अजिता घिमीरे लगायत नागरिक समाज, सञ्चारकर्मी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिक्रिया