उत्तराखण्डको रुद्रप्रयागमा रहेको केदारनाथको ढोका शुक्रबार खोलिएको छ।
बिहान ७ बजे मन्त्र जप र सेनाको ग्रेनेडियर्स रेजिमेन्टको ब्यान्डको धुनका बीचमा भक्तजनहरूका लागि मन्दिरका ढोकाहरू खोलिएका हुन्। सोही समयमा मन्दिरको मुख्य दक्षिण ढोका पनि खोलिएको छ।
ढोका खोल्ने क्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि उपस्थित थिए। ढोका खोल्ने समयमा हेलिकप्टरबाट फूलको वर्षा गरिएको थियो।
केदारनाथ उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा अवस्थित छ। हिमालयको गढवाल क्षेत्रमा समुद्र सतहबाट ३,५८४ मिटरको उचाइमा पर्छ। केदारनाथलाई हिन्दूहरूको चार पवित्र धाम मध्ये एक मानिन्छ। हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका बाह्र ज्योतिर्लिंगहरूमध्ये केदारनाथ सबैभन्दा अग्लो स्थानमा अवस्थित ज्योतिर्लिंग हो।
यो मन्दिर गर्मीयाममा करिब छ महिना खुला रहन्छ भने जाडोमा बन्द हुन्छ।
प्रतिक्रिया