वीरगञ्ज: यातायात ब्यवस्था कार्यालय कलैया बाराबाट वितरण हुने लाइसेन्समा चरम आर्थिक अनियमितता हुने गरेको पाईएको छ । सवारी अनुमतिपत्र बितरणमा यातायात र ट्राफिक प्रहरीको सेटिङ हुने गरेको छ । यातायात ब्यवस्था कार्यालय कलैयाका कर्मचारी र ट्राफिक प्रहरीको सेटिङमा लिखित र ट्रायलमा फेल हुनेहरुले पनि घुस दिएपछि लाइसेन्स पाउने गरेका छन् ।
यता ट्रायल परिक्षामा सहभागिता गराईदा पनि रकम बुझाउने व्यक्ति उतिर्ण हुने र नबुझाउने व्यक्तिले पुनः रिट्रायलको फाराम भर्न लगाउने गरिन्छ। सो रकम असुली कार्यमा कार्यालयका कर्मचारी जिवरमन पौडेलको विशेष भुमिका रहेको पाइएको छ। लाइसेन्समा यातायातसँग कोटा मागेर लिखित र ट्रायलमा फेल भएकाहरुबाट घुस लिएर दिने कामको मुख्य सेटिङ ट्रायल पौडेलले नै मिलाउने गरेका छन् । लाइसेन्सका बिचौलिया ड्राइभिङ इन्ष्टिच्यूटहरुसँग पनि उनको कनेक्सन छ । फेल भएको मान्छेलाई पास गराउन सेटिङ मिलाउने काम गर्छ । लामो समयदेखि ट्रायल प्रमुखको जिम्मेवारी समालेका पौडेलले लाइसेन्सको सेटिङ मिलाउनमा माहिर मानिन्छन् । स्रोतका अनुसार पौडेलले आफ्नो दाई र नेताहरुको पावर देखार यातायात ब्यवस्था कार्यालय सरुवा गराउछन् । नारायानी यातायात ब्यवस्था कार्यालय वीरगञ्जमा लामो समय बसेर आएका पौडेल अहिले कलैयामा आड जमाएका छन् । उनी यातायात ब्यवस्था कार्यालय कलैयाका शाखा छैठौ तहका अधिकृत हुन ।
लाइसेन्सको फाराम दर्तादेखि लिखित र प्रयोगात्मक परिक्षासम्म हुँदा सेवाग्राहीहरुले निकै मोटो रकम खर्च गर्नु पर्ने बाध्यता रहेको छ। पौडेललाई पैसा दिइएको खण्डमा मात्रै लिखित परिक्षा उतिर्ण हुने अन्यथा अनुत्तीर्ण हुने गरेको भुक्तभोगीहरुले बताउने गरेका छन् । ट्राफिक प्रहरी र लिखित परिक्षा प्रमुखको विशेष सक्रियतामा पैसा दिइएको व्यक्तिहरुलाई २५ वटा प्रश्नमा ८ देखि १० वटामा मात्रै चिन्ह लगाएर आउन भनेर जानकारी गराइन्छ र सोही अनुसार रकम लिएर लिखित परिक्षा उतिर्ण गराईन्छ । कार्यालय प्रमुख अबिन्दर दासको निर्देशनमा पौडेलले लाइसेन्सको लिखित र प्रयोगात्मक परिक्षामा रकम उठाएर पास गराउने काम गरिरहेकोे स्रोतले बताएको छ ।
मोटरसाइकल र स्कुटरको लाइसेन्स बनाइदिएको पन्ध्र हजार, जिप÷कारको बीस हजार साथै एफ, जी वर्गको बीस हजार, ट्रयाकटरको पन्ध्र हजार तथा मेशिन वर्गको बनाउदा पच्चिस हजारसम्म लिने गरेको पाइएको छ।
यातायात ब्यवस्था कार्यालय कलैया बारा प्रमुख अविन्दर दासले लिखित र प्रयोगात्मक परिक्षामा अनियमितता नभएको दाबी गर्छ । लिखित परिक्षामा सहभागीले २५ वटा प्रश्नमध्य धेरै कोठामा सहि उत्तर मलाएर पसा भएको प्रमुख दासले बताए ।
प्रतिक्रिया