बारा । कोशेली युथ क्लब जितपुरसिमराको आयोजनामा एकदिने आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिका स्थित हुलास स्टिल गेट अगाडि आयोजना गरिएको हो।
रक्त अभावको परिस्थितिमा सहयोग पुर्याउने उद्देश्यले क्लबले आकस्मिक रुपमा आयोजना गरेको यस रक्तदान कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजक क्लबका अनुसार स्थानीय बासिन्दा, युवाहरू र स्वास्थ्यकर्मीहरूको सक्रियतामा कार्यक्रम सफलतापूर्वक गरिएको हो।
क्लबले नियमित सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।

प्रतिक्रिया