विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

मधेशमा बिकासको लहर, एकैपटक ६४ वटा सडको योजना, प्रधानमन्त्री ओलीले गर्ने शिलान्यास

580


मधेश प्रदेश बिकास मुखीको रुपमा प्रणित हुने देखिएको छ । 

बिस्तारै मधेश सरकारले यहाँको जनताको चाहाना, बिचार र समस्याको सम्बोधन गर्दै पुरै मधेशका भित्री सडकहरुलाई समेत आधुनिकिकरण र कालोपत्रे बनाउने योजना अघि बढाएको हुनाले अहिले प्रदेश बिकास मुखीको रुपमा पणित हुने भएको हो । 

निकै चर्चित योजनाको रुपमा हेर्न थालिएको एक निर्बाचन क्षेत्र एक कालोपत्रे सडकले सबैलाई आश्चर्य चकित पार्ने गरि द्रुत कार्य प्रारम्भको शिलान्यास प्रधानमन्त्री के पी शर्मा ओलीले गर्ने कार्यक्रमले झनै ब्यपकता पाएको छ ।  परियोजना शुरु भएपछि यो मधेश र मधेशी जनताको जीवनस्तर सुधारको लागि कोशेढुँगा साबित हुने कुरा आम नागरिकले बताउन थालेका छन । 

भोली जेष्ठ १८ गते हुने योजना शिलान्यासको सबै आवश्यक तयारी पुरा भएको कुरा सरकारका भौतिक पुर्बाधार तथा बिकास मन्त्री सरोज कुमार यादब बताउनुहुन्छ । एक निर्बाचन क्षेत्र एक कालोपत्रे सडक त्यसमा पनि ६४ वटा सडक झण्डै १० अर्व लगानीको परियोजना यस भेगको लागि सबैभन्दा ठूलो र पहिलो पल्ट हुन लागेकोले  यसको ब्यापक मात्रामा चर्चा शुरु भएको हो ।  

मधेश प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कालोपत्रे सडक निर्माण गर्दा ३२० किलोमिटर सडक कालोपत्रे हुनु बिकास र समृद्धिको मार्ग पहिल्याउने यौटा प्रस्थान द्धार हुने कुरा सर्वसाधारहरु बताउन थालेका छन । 

उक्त योजनाको डिजिटल शिलान्यास जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रधानमन्त्री ओलीले गर्ने कायक्रम तय भएको भौतिक पूर्वाधार मन्त्री सरोज यादवले जानकारी दिएका छन् । शिलान्यास कार्यक्रमलाई ऐतिहासिक र सन्देशमूलक बनाउने मन्त्रालय को प्रयास समेत अन्तिममा पुगेको छ । अझ यसलाई थप प्रभावकारी र ब्यापक जनताको बीचमा पुर्याउनको लागि प्रचार प्रसारलाई समेत अभियानको रुपमा लिइएको देखिन्छ । 

मन्त्री यादब आफैले नै जिल्ला जिल्लामा प्रबुद्ध बर्गसँग समन्वय र परामर्श थालेपछि कार्यक्रमको महत्वलाशइ दर्शाएको हो । 

मधेश प्रद्शकै सर्व स्वीकार्य योजनाको रुपमा सन्देश दिन खोजिएको सडक परियोजनालाई आगामी दिनमा एमालेको नेतृत्वमा मधेश प्रेदेशमा सरकार निर्माण भयो भने सरकार प्रमुखको रुपमा परिचय बनाउने तयारीका्े रुपमा समेत हेर्न थालिएको छ । 

मन्त्री यादवका अनुसार सडक निर्माणबाट ग्रामीण क्षेत्र शहरी केन्द्रसँग जोडिने, कृषि उत्पादन बजारसम्म पुर्याउन र आपतकालीन सेवा सहज हुने अपेक्षा गरिएको छ । सडकले रोजगारी सिर्जना, आर्थिक गति, व्यापार, पर्यटन र स्थानीय उद्योगधन्दा प्रबद्र्धन समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको मन्त्री यादवले बताए । 

प्रदेश सरकारले बिगतको दिनमा भन्दा केही गरौं र मधेश र मधेशी जनतालाई परिबर्तनको आभाष दिने गरि काम गर्न अन्तर मन्त्रालाय समन्वयलाई समेत प्रभावकारी रुपमा अघि बढाएको देखिन्छ भने मुख्य मन्त्री सतिष कुमार सिँह समेत यस्ता परियोजनालाई साझा सर्व स्वीकार्य बनाउन लागिरहेको समाचार प्राप्त हुन आएको छ । शिक्षा, स्वास्थ्य, कृषी, हरेक जात, जाती, भाषा, भाषी र धर्म एवं समुदायको समुचित हित बिना कुनै पनि सरकार जनताको हृदयमा बास बस्न नसक्ने हुनाले त्यसलाई आत्मसाथ गरि अघि बढ्न लागिएको कुरा समेत मन्त्री यादब बताउनुहुन्छ । 

आधारभुत जनताको आवश्यकता पुरा गर्ने रे शिक्षा तथा स्वास्थ्या एवँ रोजगारी प्रबद्र्धन गर्ने गरि योजना निर्माणलाई समुहिक छलफललाई समेत प्राथमिकतामा राखेर मधेश प्रदेश सरकारको कर्मचारी संयन्त्र समेत यतिबेला परिचालित भएको तश्बीर हर्न थालिएको छ । उत्पादकत्व बृद्धि, ब्यापार बिस्तार, कलकारखाना निर्माणको लागि लगानी मैत्री कानूनी निर्माण र आशालाग्दो भबिष्यप्रतिको बिश्वास अभिबृद्धिमा प्रदेश सरकार लागेको कुरा मन्त्री यादब बताउनुहुन्छ । 

जोखिम न्युनिकरण, प्रकृति प्रकोपबाट हुने क्षती पुर्वानूमान र समाधानको उपाए, पुर्बाधार बिकास, कृषकको लागि उन्नत प्रकारको बिउ बिजन, मल खाद र उत्पादीत बस्तुको बजारीकरणको समुचित ब्यबस्थापनको लागि समेत मधेश प्रदशे सरकारले अध्ययन, परियो्जना निर्माण र कार्यन्वय एवँ प्रतिफल प्राप्तीको लागि समेत लागि परेको बताउनुहुन्छ । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,525,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,616,विचार,35,विज्ञान प्रविधि,26,विश्व,84,समाचार,586,स्थानीय समाचार,304,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: मधेशमा बिकासको लहर, एकैपटक ६४ वटा सडको योजना, प्रधानमन्त्री ओलीले गर्ने शिलान्यास
मधेशमा बिकासको लहर, एकैपटक ६४ वटा सडको योजना, प्रधानमन्त्री ओलीले गर्ने शिलान्यास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgwVkOcbTbHZWJXNHkh5j8Llak4cdRS2cCKF7I3Ea-bOU5STRA47ygSiHFSvdeWhlNIdCtujMfSwsKtcbp5Y5IEASSZ3X2E9uZzibhVsQP00JrE9l8VIg_ZRatQvsWZTYR_TdqdIpuMlYABpx8APj2FpGTJtMzwP45NvJieECEezjmNCB3dhlwwfSFlnjUv/s320/497762886_1148189390663287_6277807121826462372_n%20(1).jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgwVkOcbTbHZWJXNHkh5j8Llak4cdRS2cCKF7I3Ea-bOU5STRA47ygSiHFSvdeWhlNIdCtujMfSwsKtcbp5Y5IEASSZ3X2E9uZzibhVsQP00JrE9l8VIg_ZRatQvsWZTYR_TdqdIpuMlYABpx8APj2FpGTJtMzwP45NvJieECEezjmNCB3dhlwwfSFlnjUv/s72-c/497762886_1148189390663287_6277807121826462372_n%20(1).jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_48.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_48.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content