पर्सा भगवान कुर्मी- पर्सा जिल्लामा सञ्चालित क्यासिनो माफियाको स्वरुप लिएपछि दर्जनौं युवा तबाह हुन लागेका छन । क्यासिनोमा नियम विपरित नेपाली प्रबेश गराई जुवा तास तथा सट्टा बाजी सुरु भएपछि अहिले ति क्यासिनोहरु माफियाको स्वरुप लिएको देखिन्छ ।
राजनितिक पहुच र प्रहरीसंगको सेटिङ्गमा वीरगञ्जको गण्डक चौक स्थित क्लार्क रिसोर्ट होटेलमा सञ्चालीत गोल्डेन फिङ्गगर गेमिङ्ग जोन, भिस्वा होटलमा सञ्चालीत सेन्ट्रल मिडिया गेमिङ क्लबले खुल्याम नियमको धज्जी उडाउदै गरेका छन, भने वीरगञ्जको मुख्य बजार एरियामा रहेको दियालोे लडँस प्लाजामा सञ्चालीत किंङ्ग क्यासिनो र सुरज होटेलमा फोरचुन सिटीको नामले सञ्चालीत क्यासिनोको गतिबिधि पनि कम छैन ।
क्यासिनोमा नियम विपरीत नेपालीहरुलाई सजिलै प्रबेश गराउन लागेपछि वीरगञ्जका दर्जनौं युवा तबाह हुने भएका छन, भने परिवारिक सम्बन्ध समेत बिछोडको अवस्थामा पुगेको छ ।
वीरगञ्जका क्यासिनोहरुमा नेपालीहरुलाई सजिलै प्रबेश पाउने भएकोले जुवा खेल्नेहरुको चहलपहल बढदै गएको हो । यता पर्सा जिल्लाका सुरक्षा निकाय समयमा मौन बसेपछि आन्तरिक जुवा खोल्नेहरुको संख्यामा बढोत्तरी हुने गरेको छ । प्रहरी प्रशासनको मौनतालाई हात पारेर क्लार्क रिसोर्ट, दियालो लडँस र सुरज होटेलमा सञ्चालित क्यासिनोले नियम विपरीत नेपालीहरुलाई सजिलै प्रबेश गराउदैं गरेका छन । क्यासिनोमा नेपालीहरुलाई प्रबेश निषेद गरिएको र खासगरी बिदेसीहरुलाई मात्र प्रवेश पाउँने नियम छ । तर ति क्यासिनाहरुले नियमावली (२०७०) लाई खुल्याम धज्जी उडाउदैं नियम विपरीत नेपालीहरुलाई भित्रियाउने गरेका छन ।
क्यासिनो सञ्चालकहरुले नेपालीहरुलाई प्रबेश गराई राजनितिक पहुचको भरमा खुल्याम नियमको धज्जी उडाउदैं गरेको प्रमाण समेत पाईएको छ । यति मात्र होईन्न क्यासिनोहरुमा जुवा तास तथा सट्टाबाजी खेल्नेहरुको लागी मालिकहरुले सावारी साधनको समेत ब्यवस्था गरेका छन । घरबाट ल्याउने र रातिमा जुवा खेले पछि घर सम्म पुर्याउने जतिको सेवा सुबिधा दिनु भनेको जुवाको लत लगाउनु तथा क्यासिनोबाट साहुहरुलाई ठुलै आम्दनी पाईरहेको पुष्टी हुन्छ ।
किंङ्ग क्यासिनोमा जुवा तास खेलेर वीरगञ्ज २५का एक जना युवा बिलिबाट्ठ भएका छन । भने क्लार्क रिसोर्ट होटेलमा सञ्चालीत गोल्डेन फिङ्गगर गेमिङ्ग जोन, भिस्वा होटलमा सञ्चालीत सेन्ट्रल मिडिया गेमिङ क्लब, दियालोे लडँस प्लाजामा सञ्चालीत किंङ्ग क्यासिनो र सुरज होटेलमा फोरचुन सिटीको नामले सञ्चालीत क्यासिनोका कारण गाहवा र आदर्शनगरका यस्ता दर्जनौं युवाहरु तबाह भएको घटना पनि बिभिन्न सामाचार, पत्र पत्रिकामा आउदां समेत प्रहरी प्रशासनले एक्सन नलिनु दुर्भाग्य देखिन्छ ।
“क्यासिनो” भन्नाले पर्यटकको मनोरञ्जनको लागि परम्परागत रुपमा लिने गरिन्छ तर यो क्यासिनोमा नेपालीहरु प्रवेश पाउँन थालेपछि अहिले क्यासिनो भरिभराउँ तथा क्यासिनो एकदमै रजगज बनेको छ ।
पर्सा जिल्लाका गोल्डेन फिङ्गगर गेमिङ्ग जोन र किंङ्ग क्यासिनोका मालिकहरुको राजनितिक पहुच निकै बलियो रहेको छ,भने कतिपय क्यासिनोका सञ्चालकहरु नेता र मन्त्री समेतको आसेपासे रहेका कारणले गर्दा नियम विपरीत नेपालीहरुलाई भित्रियाउदा पनि पर्साका सुरक्षा निकायहरु मौन देखिएको जानकारहरु बताउछन । क्यासिनोहरुको माध्यमले मात्र दिनहु सयौं नेपालीहरु बर्बाद हुने गरेका छन तै पनि पर्साका सुरक्षा निकायको भने यस बिरुद्ध कुनै किसिमको गतिबिधी देखिएको छैन्न ।
नेपालीहरुलाई प्रवेश दिने क्यासिनोलाई नियमावली अनुसार सो क्यासिनोको ईजाजतपत्र नै रद्द गर्ने व्यवस्था छ । तर क्लार्क रिसोर्टमा रहेको फिङ्गगर गोल्डेन र दियालोमा रहेको किंङ्ग क्यासिनो र सुरज होटेलमा फोरचुन सिटीको नामले सञ्चालीत क्यासिनोले खुल्याम नियमको धज्जी उडाईरहेको अवस्थामा पनि सुरक्षा निकायको मुर्खदर्शक बन्नु साच्चिकै राजनितिक दबाव तथा संचालकहरुको प्रहरीसंग सेटिङ्ग रहेको पुष्टि हुन्छ ।
क्यासिनोका मालिकहरुले माथिल्लो निकायको पहुचको भरमा सजिलै प्रहरी प्रशासनसंग सेटिङ्ग गरी आर्थीक नजराना टकराएर सुरक्षा निकाय माथी दबाव बनाएर राखेको नाम नबताउने शर्तमा एक जना प्रहरीका ठुला अधिकारीले जानकारी दिए । पर्साका प्रहरी, प्रशासनका प्रमुखहरुले क्यासिनोेबाट महिनावारीको रुपमा लाखौं लाख रकम बुझेर गैरकानुनी गतिबिधिमा हातेमालो गरेको सामाचार स्रोतको दावी छ ।
पर्सा जिल्लमा क्यासिनो माफियाको स्वरुप लिएको निकै चर्चाको बिषय बनेको छ तै नियमन निकाय मुर्खदर्शक बनेको छ ।
पर्सा जिल्लामा प्रहरी प्रशासनका प्रमुखहरुले यस्ता गतिबिधि थप पार्न आफु अग्रसर रहेको देखाउछन, तर यस्ता कृयाकलाप थप हुनुको सट्टा झन झन मौलाउदै गरेको छ । पर्सा जिल्लाका प्रमुखहरुको कुरा नेता जस्तै भाषणमा मात्र लिप्त भएको देखिन्छ, भने अहिले पर्सा जिल्लामा प्रहरी प्रशासन प्रमुखमा जुन जोगी आए कानै चिरेको उखान पुष्टि भएको हो । अब जनताको पक्षमा काम गर्ने सुरक्षा निकाय नै बिभिन्न जालझेलको सिकार भयो भने सुरक्षा निकायबाट जनताले के अपेक्षा गर्ने प्रश्न समेत उठन सुुरु भएको छ ।

प्रतिक्रिया