वीरगंज : वीरगंज २३ प्रसौनी बिर्ताका स्थानिय पारस पासवानले घर लिलामी हुनबाट रोक्न पत्रकारहरुलाई अनुरोध गरेका छन । आज वीरगंजमा संचारकर्मीहरु संग कुरा गर्दै पासवानले ४० हजार ऋणका कारण आफनो घर लिलामी हुन लागेको भन्दै त्यसलाई रोकिदिन संचारकर्मीहरु संग अनुरोध गरेका छन । १६ महिना देखि क्यान्सरको उपचार गराईरहेका पासवानले छिमेकि हृदयनारायण यादव संग २०७२ मा लिएको चालिस हजार ऋणका कारण आफनो उठीवास लागेको भन्दै बचाईदिन सञ्चारकर्मी संग अनुरोध गरे ।
उनले एक बर्ष अगाडि जग्गा बेचेर ४० हजारको ८० हजार दिदा साहु यादवले त्यति रुपैया लिन नमानेको र ४० हजारको व्याज सहित दुई लाख ५० हजार मात्र लिने अडान लिएपछि आफुले सो रकम दिन नसकेको र त्यसपछि क्यान्सरले थला परेपछि आफु सो रकम तिर्न असमर्थ रहेको जानकारी दिए । पिडित पासवानले हिजो राती पनि यादव र भरभलादमी संग गाँउमै पञ्चायती गर्दा पनि यादवले तिन लाख ५ हजार भन्दा कम रकम नलिने अडान लिएपछि पञ्चायती निषर्कबिहिन भएको बताए । पासवानले आफु एक लाख र अदालतमा लागेको खर्च दिने र त्यो भन्दा बढि रकम दिने हैसियत पनि नरहेको र त्यो रकम पनि गाँउघरबाट चन्दा मागेर नै दिने बताए । पासवानले क्यान्सर पिडितको नाताले मलाई उदार गरि सहयोग गरिदिन साहु यादव संग अनुरोध गरेका छन ।
रकम अभावका कारण उपचार गर्न नसकेको दुखेसो पोख्दै पासवानले एक लाख रुपैया लिएर घर लिलामीबाट रोक्न यादव संग अनुरोध गरेका छन ।

प्रतिक्रिया